शुक्रबार १ आश्विन, २०७८
असोज १, काठमाडौं । ओमानमा भइरहेको त्रिकोणात्मक क्रिकेट विश्वकप लिग–२ सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ ।
नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा दिउँसो ४ः१५ बजे सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमै नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यस यता नेपाल ओमानसँग पाँच विकेटले पराजित भयो ।
सिरिजमा दुई खेल हारिसकेको अमेरिकाविरुद्ध नेपाल लगातार जित हात पार्ने लक्ष्यमा छ । सन् २०२० मा नेपालमै भएको लिग २ मै नेपालले अमेरिकालाई २ खेलमा पराजित गरेको थियो । त्यसैले आज नेपाल लगातार चौथो जित निकाल्ने योजनामा हुनेछ । अमेरिका पनि नेपालविरुद्ध बदला लिने योजनामा हुनेछ ।
मिडल अर्डरमा नेपालको ब्याटिङ जम्न सकेको छैन । शरद भेषावकर र गुल्शन झाले आज अवसर पाउने सम्भावना छ ।