आईतवार १७ आश्विन, २०७८
असाेज १७, काठमाडौं । गाेठगाउँ सराेकार समाजकाे तेस्राे वार्षिक साधारणसभा तथा वडा दशैकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ।
राष्ट्रिय भुपू सैनिक संघ रामेछापका सभापति तथा गाेठगाउँका पूर्व जनप्रतिनिधि जय बहादुर कठायतकाे प्रमुख आतिथ्य र सराेकार समाजका अध्यक्ष संजय कुमार थापाको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा कानुन विद अधिवक्ता याम प्रसाद भट्टराई ,राष्ट्रिय भुपु सैनिक संघ रामेछापका उप-सभापति यम बहादुर बुढाथोकी ,उद्योग वाणिज्य महासंघ रामेछापका काेषाध्यक्ष तथा जिल्ला उद्योग वाणिज्य महासंघ रामेछापका जिल्ला अध्यक्ष पवनकुमार कठायत,वरिष्ठ सञ्चारकर्मी आनन्द कुमार श्रेष्ठ ,अर्थसवाल साप्ताहिकका प्रकाशन /सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला कार्यसमिति सदस्य रमेशकुमार बाेहाेरा,विचार वाटिका मिडिया प्रा.लि.का अध्यक्ष दिल बहादुर श्रेष्ठ ,त्रिगाेदय युवा क्लब गाेठगाउँका अध्यक्ष अनिल बस्नेत ,आईटी ईन्जिनियर दिनेशराज कार्की लगायतका व्यक्तिहरू अतिथि रहनु भएकाे थियाे ।
कार्यक्रममा संजय कुमार थापाको अध्यक्षतामा रहेकाे सञ्चालक समिति तीन वर्षको अवधि पूरा भएकाेले विघटन गरि संजय कुमार थापाकै अध्यक्षतामा देवकुमारी श्रेष्ठ उपाध्यक्ष ,मीन बहादुर श्रेष्ठ सचिव ,कुमार श्रेष्ठ सहसचिव ,शारदा कार्की काेषाध्यक्ष र सदस्यहरूमा क्रमश केशर बहादुर कार्की ,राजकुमार बुढाथोकी ,कल्पना श्रेष्ठ ,दिपक नेपाली,तिलमायाँ श्रेष्ठ ,बाबुलाल सापकोटा ,शंकर बस्नेत र औतारा बुढाथोकी (कठायत)निर्विरोध निर्वाचित भएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि जय बहादुर कठायतलाई दाेसल्ला ओढाएर सम्मान गर्नुका साथै सराेकार समाजका भलिबल खेलाडी हरू र कलाकार टेकबहादुर श्रेष्ठलाई मायाको चिनाे वितरण समेत गरिएको थियाे।
https://prednisone4all-365.top/
TebRX
buy doxycycline online no prescription