शनिबार १५ भाद्र, २०८१
भदौ १५ काठमाडौं , नेकपा ( एमाले )रामेछाप - काठमाडौं सम्पर्क मञ्चको महिला विभागको व्यवस्थापनमा रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित तिज विशेष कार्यक्रम एक हजार रामेछापेलि दिदीबहिनीहरुको उपस्थितिमा हेवन क्याफे एण्ड बैङ्क्वेट मुलपानीमा भव्य रूपमा सम्पन्न भएको छ ।
रामेछाप - काठमाडौं सम्पर्क मञ्चको महिला विभाग प्रमुख विद्या चौहानको अध्यक्षता, नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्कको उपाध्यक्ष अम्बिका बोहोरा( भण्डारी) सञ्चालनमा नेकपा (एमाले) केन्द्रीय सल्लाहकार परिषद उपाध्यक्ष तथा पूर्व अनेमासंघ केन्द्रीय अध्यक्ष गोमा देवकोटाको प्रमुख आतिथ्यता आयोजना गरिएको कार्यक्रममा केन्द्रीय सदस्य तथा बागमती प्रदेश कमिटी इन्चार्ज सरस्वती बस्नेत , केन्द्रीय सदस्य माधब ढुङ्गेल, गिता कार्की , सम्पर्क समन्वय कमिटी संयोजक श्याम बस्नेत लगायत सचिवालय सदस्य ,सदस्य तथा विभागीय सदस्यहरू बागमती प्रदेश कमिटी सदस्य रत्न प्रसाद गौतम लगायत सदस्य तथा विभागीय सदस्यहरू , बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशोक कुमार ठकुरी लगायत पदाधिकारी तथा सदस्यहरू , रामेछाप जिल्ला कमिटी अध्यक्ष पुरूषोत्तम कडरिया लगायत पदाधिकारी तथा सदस्यहरू , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमोद भण्डारी ( रविन्द्र) लगायत पदाधिकारी तथा सदस्यहरू , मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे , लिखु तामाकोसी गाउँपालिका कमिटी अध्यक्ष के बि पौडेल लगायत पालिका कमिटी पदाधिकारी तथा सदस्यहरू ,राष्ट्रिय युवा संघ नेपाल रामेछाप जिल्ला कमिटी उपाध्यक्ष ,सचिव लगायत सदस्य , अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तिलक घतानी लागायत सदस्य स्थानीय जनप्रतिनिधि कार्यक्रममा अतिथि रहेको रामेछाप - काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष अम्बिका बोहोरा ( भण्डारी ) ले विचार वाटिकालाई जानकारी गराउनु भयो।
रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित तिज विशेष कार्यक्रम तथा विशेष साँस्कृतिक कार्यक्रममा सम्पर्क मञ्चको उपसचिव सरस्वती खत्रीले स्वागत मन्तव्य राख्नुको साथै लोकप्रिय कलाकार अमृत खाती ,राजेन्द्र कुमार कार्की , श्रीदेवी देवकोटा , सविन चौहान, सुस्मा ठकुरी लगायतका कलाकारहरूले भरपुर मनोरन्जन गराउनु भएकोथियो ।
तस्बिर :- खिल बहादुर श्रेष्ठ ,
भिडियो पनि हेर्न नभुल्नु हाेला,