शुक्रबार १६ चैत्र, २०८० (Friday March 29, 2024)

पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

बुधबार ३ कार्तिक, २०७८ विचारवाटिका 1647


पूर्वी नेपालमा भारी वर्षाको सम्भावना

कात्तिक ३, काठमाडौं । केही दिनदेखि जारी भईरहेको भारी वर्षा अझै केही दिन कायम रहने भएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहने महाशाखले बताएको छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भईरहेको थियो भने आज वर्षा पूर्वी नेपालमा सरेको छ । यद्यपि पश्चिममा पनि हल्कादेखि मध्यम वर्षा कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुनेछ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षा हुने स्थानमा बाढीको सम्भावना हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेतसमेत गराएको छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु