शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

साताको पहिलो दिन सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

आईतवार १२ मंसिर, २०७८ विचारवाटिका 1848


साताको पहिलो दिन सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो

मंसिर १२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ ।

गत साता प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज भने प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुन आइतबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा यसको कारोबार भएको थियो ।

त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।
 




मतहरू

nourece

Health status instruments provide incremental prognostic information beyond FEV in part because they reflect the burden imposed by comorbidities. lasix for chf how much potassium for 20 mg lasix


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु