शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा स्थानीय तहको निर्वाचन गर्नुपर्छ ः ओली

बिहीबार २० माघ, २०७८ विचारवाटिका 2014


निर्वाचन आयोगले सिफारिस गरेकै मितिमा स्थानीय तहको निर्वाचन गर्नुपर्छ ः ओली

माघ २०, काठमाडौं । निर्वाचन आयोगले सिफारिस गरेको मिति जेठ ४ मा सरकारले स्थानीय तहको निर्वाचन गर्नुपर्ने पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै निर्वाचन आयोगले दिएको मितिमा चुनाव घोषणा गर्नु सरकारको दायित्व भएको बताएका छन् ।
‘निर्वाचन आयोगले गरेको सिफारिसमा गर्नैपर्छ निर्वाचन, निर्वाचन भनेको सरकारको स्वेच्छाको विषय होइन, संवैधानिक, कानुनी र लोकतान्त्रिक बाध्यता हो, कर्तव्य पनि हो’ उनले भने, ‘औपचारितामा दिन तोक्ने अधिकार मात्र हो सरकारको ।’

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सिफारिस गरेको थियो तर सरकारले निर्वाचन आयोगले सिफारिस गरेको दिनमा स्थानीय तहको निर्वाचनको मिति तोक्न आनाकानी गरिरहेको ओलीले टिप्पणी गरे ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु