बिहीबार ११ बैशाख, २०८२ (Thursday April 24, 2025)

फागुन २० गतेसम्म मतदाता परिचयपत्रको प्रतिलिपि लिन निवेदन दिन सकिने :निर्वाचन आयोग

सोमबार ९ फाल्गुन, २०७८ विचारवाटिका 1978


फागुन २० गतेसम्म मतदाता परिचयपत्रको प्रतिलिपि लिन निवेदन दिन सकिने :निर्वाचन आयोग

फागुन ९ काठमाडौं, निर्वाचन आयोगले मतदान परिचय पत्र हराएका वा नाश भएका मतदातालाई प्रतिलिपि परिचय पत्र पाउनका लागि यहि फागुन २० गतेभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन आग्रह गरेको छ ।

आज आयोगले एक विज्ञप्ति जारी गर्दै आफ्नो वडा कार्यालयको सिफारिस लिएर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिई प्रतिलिपि परिचय पत्र पाउन सकिने बताएको हो । 
त्यसका साथै आफ्नो विवरणमा कुनै कुरा त्रुटि भई सच्याउनुपर्ने भएमा फागुन ५ गतेभित्रमा इमेल वा भौतिक उपस्थितिमा सम्बन्धित फारम भरेर सच्याउन सकिने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु