मंगलवार ३ चैत्र, २०८२ (Tuesday March 17, 2026)

क्षेत्रीय सम्पर्क मञ्चको उपाध्यक्षमा युवा व्यवसायी श्रेष्ठ सर्व सहमत निर्वाचित 

आईतवार २६ भाद्र, २०७९ विचारवाटिका 3149


क्षेत्रीय सम्पर्क मञ्चको उपाध्यक्षमा युवा व्यवसायी श्रेष्ठ सर्व सहमत निर्वाचित 

  भदौ २६ काठमाडौं , नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्च अन्तर्गत प्रदेश क्षेत्रीय सम्पर्क मञ्च क र ख को दसौं संयुक्त सम्मेलन बाट  क्षेत्र नं . क को उपाध्यक्षमा युवा व्यवसायी कुमार श्रेष्ठ सर्व सहमत निर्वाचित हुनु भएको छ ।

    श्रेष्ठले आफ्नो व्यवसाय सग–सगै राजनीतिक तथा सामाजिक कार्यमा समेत सक्रिय रूपमा लागि परेको र यस अघि पनि गोठगाउँ –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष पदमा रहेर कुशलता पूर्वक आफ्नो भुमिका निर्वाह गरेको समेत श्रेष्ठले  विचार वाटिकालाई जानकारी गराउनु भयो ।

  वडा सम्पर्क मञ्चमा रहेर राम्रो काम गरेता पनि एउटै पदमा सधै बसिरहन उचित नलागेर गत महिना (साउन २८ गते) सम्पन्न भएको रामेछाप नगर सम्पर्क मञ्चको प्रथम सम्मेलनमा नगरको नेतृत्व सम्हाल्ने ईच्छा हुदा हुँदै पनि अग्रज नेताहरूको सुझाव बमोजिम पछि हटेकोले फेरि वडा सम्पर्क मञ्चकै नेतृत्वमा बस्छु भन्ने सोच बनाएको थिय र तेहि सोच बमोजिम कामपनि गरि रहेको थियो ।


जब क्षेत्रीय सम्पर्क मञ्चको सम्मेलन हुने खबर पाए मनमा लागो म सफल छु भन्दैमा म मात्र  वडाको नेतृत्वमा बसीरहदा वडाको अर्काे व्यक्तिले कहिले अवसर पाउछ भन्ने लागेर वडा सम्पर्क मञ्चमा जस्तै क्षेत्रीय सम्पर्क मञ्चमा रहेर पनि म काम गर्न सक्षम छु भन्ने आत्मा विश्वासको साथ क्षेत्रीय सम्पर्क मञ्चको उपाध्यक्ष पदमा उमेदवारी दिएको उपाध्यक्ष श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयो।

 साथै आफुलाई सर्व सहमत उपाध्यक्ष पदमा निर्वाचित गरिदिनु भएकोमा निर्वाचन मण्डल ,अध्यक्ष मण्डल लगायत उपस्थिति सम्पूर्ण जनालाई हार्दिक धन्यवाद समेत व्यक्त गर्नु भएको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु