शनिबार ५ श्रावण, २०८१
श्रवण ५ काठमाडौं , नेकपा ( एमाले) बागमती प्रदेश सम्पर्क कमिटी द्वारा पुष्पलाल श्रेष्ठको जन्म शताब्दी तथा ४६ औं स्मृति दिवसको अवसरमा आयाेजित " पुष्पलालकाे दृष्टिकोण र नेपालकाे समृद्धि " विषयक जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा रामेछापको जेनिशा बस्नेतले दाेस्राे पुरस्कार जित्न सफल भएकाे छ ।

वक्तृत्वकलामा बागमती प्रदेशकाे १३ जिल्ला बाट सहभागी प्रतिस्पर्धी मध्य महिला तर्फ काभ्रेकाे तारा तामाङ प्रथम, रामेछापकाे जेनिशा बस्नेत द्वितीय र सिन्धुलीकाे मिनाश्री पहाडी तृतीय हुन सफल भएकाे थियाे भने पूरूष तर्फ दाेलखाकाे शुदर्शन दाहाल प्रथम , नुवाकोटको रामनाथ खनाल द्वितीय र सिन्धुलीको लाेचन पहाडी तृतीय हुन सफल भएकाे थियाे ।

बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशाेक कुमार ठकुरीको अध्यक्षता तथा नेकपा ( एमाले) काे उपमहासचिव प्रदिप ज्ञावलीकाे प्रमुख आतिथ्यतामा आयाेजना भएकाे वक्तृत्वकला कार्यक्रममा प्रथम हुन सफल दाहाल र तामाङलाई जनहि मेडल ,प्रमाणपत्र र नगद रू १० हजार , द्वितीय हुन सफल खनाल र बस्नेतलाई जनहि मेडल ,प्रमाणपत्र र नगद रू ७ हजार र तृतीय हुन सफल पहाडीहरू लाई मेडल ,प्रमाणपत्र र नगद रू ५ हजार पुरस्कार प्रधान गरेकाे थियाे ।

