मंगलवार ४ चैत्र, २०८१ (Tuesday March 18, 2025)

गोठगाउँ–काठमाडौं सम्पर्क मञ्चको अन्तरक्रियात्मक कार्यकर्ता भेला  सम्पन्न 

शनिबार १९ चैत्र, २०७८ विचारवाटिका 2340


गोठगाउँ–काठमाडौं सम्पर्क मञ्चको अन्तरक्रियात्मक कार्यकर्ता भेला  सम्पन्न 

  चैत १९ काठमाडौं ,नेकपा एमाले गोठगाउँ–काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित अन्तरक्रियात्मक तथा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ ।


 नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशोक ठकुरीको प्रमुख आतिथ्यमा तथा रामेछाप नगर कमिटीको अध्यक्ष रोशन पाख्रीनको विषेश आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा रामेछाप जिल्ला कमिटी सदस्य तथा गोठगाउँका जनप्रतिनिधि बिमल कुमार कठायत, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य दिनेशराज कार्की ,रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष तथा रामेछाप –काठमाडौं सम्पर्क मञ्चको कोषाध्यक्ष दिलिप श्रेष्ठ ,रामेछाप नगर कमिटीको सचिव सुन्दर घिमिरे ,उपसचिव तथा नगर कमिटीको पार्टी प्रवक्ता माधब ढकाल,नगर कमिटी सदस्य भुवन बोहोरा ,केशर कार्की ,रामेछाप न.पा. १ वडा कमिटी गोठगाउँका अध्यक्ष बाबुराम कार्की ,उपाध्यक्ष संजय कुमार थापाले कार्यक्रममा आफ्नो मन्तव्य राख्नुभएको थियो।


सम्राट पार्टी प्यालेस नयाँ बजारमा आयोजना गरियको कार्यक्रमको अध्यक्षता गोठगाउँ –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष कुमार श्रेष्ठले  गर्नु भएको थियो भने सञ्चालन  सचिव शंकर बस्नेतले गर्नु भएको थियो ।


कार्यक्रममा नगर कमिटी सदस्य भुवन बोहोरा तथा रामेछाप नगर युवा संघका नेता दिपक नेपालीको संक्रियतामा गोठगाउँबाट विभिन्न पार्टी परित्याग  गरि १७जना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ नव प्रवेशिहरूलाई प्रमुख अतिथि ,विशेष अतिथि तथा अतिथिहरूले अविर र खादा लगायर पार्टीमा स्वागत गर्नु भएको थियो।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु