आईतवार ७ मंसिर, २०८३ (Sunday November 22, 2026)

सरोजकुमार यादव दोस्रो पटक मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त

शनिबार ६ मंसिर, २०८३ Bichar Batika 1082


सरोजकुमार यादव दोस्रो पटक मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त

मंसिर ५, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव दोस्रो पटक मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शनिबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको जानकारी दिएको हो।
यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए। त्यसका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्मको समयसीमा निर्धारण गरिएको थियो।
तर, तोकिएको समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्न नसकेपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका रूपमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
मुख्यमन्त्री नियुक्त भएसँगै यादवले अब संविधानबमोजिम प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। दोस्रो पटक मुख्यमन्त्री बनेका यादवका लागि प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुका साथै प्रदेश सरकारलाई स्थायित्व दिनु प्रमुख चुनौतीका रूपमा देखिएको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु