शुक्रबार ५ मंसिर, २०८३ (Friday November 20, 2026)

एमालेको दुईदिने राष्ट्रिय भेला २१ बुँदे प्रस्ताव र संकल्प पारित गर्दै सम्पन्न

बिहीबार ४ मंसिर, २०८३ Bichar Batika 1121


एमालेको दुईदिने राष्ट्रिय भेला २१ बुँदे प्रस्ताव र संकल्प पारित गर्दै सम्पन्न

मंसिर ३, काठमाडौं । नेकपा (एमाले) को दुईदिने राष्ट्रिय भेला बिहीबार काठमाडौंस्थित कार्की बैंक्वेटमा सम्पन्न भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गर्नुभएको भेला २१ बुँदे समसामयिक विशेष प्रस्ताव तथा संकल्प पारित गर्दै सम्पन्न भएको हो।

भेलाले आगामी स्थानीय तह, प्रदेशसभा तथा राष्ट्रियसभा निर्वाचनको पूर्वतयारी गर्ने निर्णय गरेको छ। साथै, आवश्यक परे राष्ट्रिय स्वाधीनताको रक्षा र लोकतान्त्रिक प्रक्रियाको पुनर्बहालीका लागि आन्दोलनको तयारी गर्ने संकल्पसमेत गरेको छ।
भेलामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा आफ्नो धारणा तथा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, वरिष्ठ नेता विद्यादेवी भण्डारीले ‘पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने संकल्प गरौँ’ विषयमा प्रस्ताव राख्नुभएको थियो।
त्यस्तै, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका लागि संकल्प गरौँ’ विषयमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।
दुई दिनसम्म चलेको भेलाले पार्टीको आगामी राजनीतिक कार्यदिशा, निर्वाचनको तयारी तथा समसामयिक राष्ट्रिय परिस्थितिका विषयमा छलफल गर्दै २१ बुँदे विशेष प्रस्ताव पारित गरेको हो।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु