शुक्रबार १५ मंसिर, २०८० (Friday December 01, 2023)

रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजीत बडा दशै साँस्कृतिक साझ कार्यक्रमको तयारी अन्तिम चरणमा: अध्यक्ष श्रेष्ठ 

आईतवार ९ आश्विन, २०७९ विचारवाटिका 1746


रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजीत बडा दशै साँस्कृतिक साझ कार्यक्रमको तयारी अन्तिम चरणमा: अध्यक्ष श्रेष्ठ 

  असोज ९ काठमाडौं ,नेकपा एमाले रामेछाप –काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजीत असोज १० गते सोमबार घटस्थापनाको दिन नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा हुन गहिरहेको बडा दशै साँस्कृतिक साझ–२०७९को तयारी अन्तिम चरणमा पुगेको रामेछाप –काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष राकेश श्रेष्ठले मञ्चको असोज ८ गते साझ होटल एवान कोटेश्वरमा बसेको विस्तारित बैठकमा जानकारी गराउनु भएको छ ।

  युग सन्देश तिनलालको किल्ला बाट यस अघि विभिन्न पुस्तकहरू प्रकाशन गर्दै आहिरहेको भएतापनि यो वर्ष भने नेपालीहरूको महान पर्व बडा दशैको अवसर पारी कला संस्कृतिको  संरक्षण गर्दै युग सन्देश तिनलालको किल्ला बाट बडा दशै साँस्कृतिक साझ– २०७९ को  आयोजना गर्न गहिरहेकोले कार्यक्रम लाई भब्य रूपमा सफल पार्न रामेछाप –काठमाडौं सम्पर्क  मञ्च मातहत कमिटीको सबै सदस्यहरू लगायत नेकपा एमालेका केन्द्र देखि जिल्ला तहसम्मका नेता तथा कार्यकर्ताहरूलाई कार्यक्रमको धेरै भन्दा धेरै टिकट बिक्रीवितरण गरि सहगोग गरिदिनु हुन अनुरोध गर्दै मंसिर ४ गते हुन गहिरहेको निर्वाचन लक्षित कार्यक्रमको साथै गरिव दिन दुखी उपचार्थ सहयोग कोष स्थापना गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न गहिरहेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

  कार्यक्रम सफल हुदा सम्पर्क मञ्च ,सम्पर्क मञ्चको नेताहरू सगै पार्टी र पार्टीको नेताहरू समेत सफल हुने भएकोले सबैले सक्दो सहयोग गर्न उपस्थित सबैलाई अध्यक्ष श्रेष्ठले अनुरोध गर्नु भएको थियो ।

  विस्तारित बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा  रामेछाप प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका प्रस्तावित उम्मेदवार माधब ढुङ्गेलले सम्पर्क मञ्चको बिगतको कार्यक्रम  सफल हुँदै आहिरहेको स्मरण गराउनु हुँदै साँस्कृतिक कार्यक्रम पनि सफलहुने र आफ्नो तर्फबाट पनि सम्पर्क मञ्चलाई सक्दो सहयोग गर्नुको साथै सम्पर्क मञ्चको पदाधिकारी सोसरको दाइत्व आफुले पनि पूरा गर्ने वचन दिनुभएको थियो ।


उपस्थित सम्पर्क मञ्चका  पदाधिकारी ,सदस्यहरू ,बागमती प्रदेश सम्पर्क कमिटीको नेताहरू तथा क्षेत्रीय सम्पर्क मञ्च र पालिका सम्पर्क मञ्चका पदाधिकारीहरूले सम्पर्क मञ्चले आफुलाई दिएको दाइत्व पूरा उद्धेश्यका साथ लागिपरिरहेको रिपोर्टिङको क्रममा जानकारी गराउनु भएको थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु