आईतवार २४ श्रावण, २०७८
कोरोना (कोभिड–१९) महामारीको समयमा रगतको अभाव हुन थालेपछि लकडाउनको जटिलतालाई मध्यनजर गर्दै हिजो लायन्स क्लब अफ काठमाडौं ब्लड हुड र नेवाः रकयार्ड ले मध्यपुर ठिमीमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न गरेको छ भने त्यसै गरि लायन्स क्लब अफ काठमाडौं ब्लड हुड र श्री गणेश युवा क्लबको आयोजनामा कुपन्डोलमा आज अर्को रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
हिजो र आजको दुई कार्यक्रमबाट जम्मा ४९ पिन्ट रगत सङ्कलन गर्न सफल भएका छौ। जस मध्य आजको कार्यक्रमबाट मात्रै दुई जना महिला र ३२ पुरुषले गरि ३४ जनाले रक्तदान गर्नुभएको थियो।
लकडाउनमा मानिसहरुलाई अप्ठयारो हुने तथा रक्तदान कार्यक्रम पनि त्यति नहुने हुँदा रगत अभावको सम्भावनालाई मध्यनजर गर्दै रक्तदान गरेका हौं ’, लायन्स क्लबका अध्यक्ष राजिब श्रेष्ठले भने– देशभर रगतको अभाव भएको समाचार आइरहँदा रक्तदान कार्यक्रमले धेरै बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको छु ।
त्यस्तै लकडाउनमा स्वास्थ मापदण्ड पूर्ण पालना गर्दै रगत दान गर्न सकिने कार्यक्रम संयोजक सुनिल प्रजापतिको सुझाव छ । सामाजिक दूरी कायम गर्ने, बढी भिडभाड नगर्ने, रक्तदाताको ज्वरो, प्रेसर लगायतका सबै जाँच गर्ने, उहाँहरुको स्वस्थ्य अवस्थाबारे जानकारी लिने, रगत दान गर्ने ठाउँलाई पनि पहिला नै सफा गर्ने गरेर मात्रै हामीले रक्तदान गर्दै आईरहेका छौ– बिजय (ब्लोन) तामाङले भने।

त्यसै गरि ब्लोदानको तर्फबाट केन्द्रिय प्रा. सदस्य लक्ष्मण जोशी, ब्लोदान ललितपुरका सभापती साधुराम महर्जन लगाएतको कार्यक्रममा उपस्थिती थियो भने रगतको ब्यबस्थापन र आबश्यकता सहित भै रहेको कार्यक्रमको खुलेरै तारिफ सहित आयोजक ज्युहरुलाई खादाले सम्मान गर्नु भएको थियो। साथै दुबै क्लबका तर्फबाट एक– एक जना प्रतिनिधिले संयुक्त आयोजना गरिएको थियो जसमा लायन्सको तर्फबाट यो कार्यक्रम सफल भएको जानकारी गराएका थिए। उक्त कार्यक्रममा कान्तिपुर अस्पताल रक्त संचार सेवाको तर्फबाट दुबै आयोजकलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।
रक्तदान कार्यक्रमको अन्त अन्तमा गरिएको यस कार्यक्रमको उद्घघोषण लायन्स क्लब अफ काठमाडौं ब्लड हुड को तर्फबाट पदमकुमार श्रेष्ठले गर्नु भएको थियो । उहाँले आगामी दिनहरुमा पनि संयुक्त कार्यक्रममा जोड दिदै सहयोगी हातहरुलाई धन्यवाद सहित कार्यक्रम समापन भएको थियो।

तस्बिर ः– पदम कुमार श्रेष्ठ
Viagra 50 Ou 100
Amoxicillin Patient Insert
smocupt
ivermectin paste