बिहीबार ११ बैशाख, २०८२ (Thursday April 24, 2025)

पुष्पलालकाे ४६ औं स्मृति दिवसको अवसरमा रामेछाप - काठमाडौं सम्पर्क मञ्चले सप्ताहव्यापी कार्यक्रम गर्दै ।

आईतवार ३१ असार, २०८१ कुमार श्रेष्ठ 1874


पुष्पलालकाे ४६ औं स्मृति दिवसको अवसरमा रामेछाप - काठमाडौं सम्पर्क मञ्चले सप्ताहव्यापी  कार्यक्रम गर्दै ।

असार ३० काठमाडौं , नेपाल कम्युनिष्ट पार्टीकाे संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं   स्मृति दिवसको अवसरपारी नेकपा (एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चले श्रावण एक गते देखि  श्रवण सात गते सम्म सप्ताहव्यापी कार्यक्रम गर्न गहिरहेकाे छ।


  सप्ताहव्यापी कार्यक्रम अन्तर्गत श्रावण एक गते बिचार गाेष्टी , श्रवण दुई गते श्रमजीवी मजदुर सग सम्पर्क मञ्च ,श्रवण तीन गते चम्पादेवी पदयात्रा ,श्रवण चार गते वक्तृत्व कला , श्रवण पाँच गते बृहत रक्तदान कार्यक्रम , श्रवण छ गते जेष्ठ नागरिकलाई भाेजन तथा फलफुल वितरण र श्रवण सात गते काठमाडौं देखि भंगेरी सम्मकाे यात्रा तथा पुष्पलाल स्मृति पार्क भंगेरीमा  वृक्षारोपण गरि सप्ताहव्यापी कार्यक्रम समापन गर्ने कार्य तालिका सार्वजनिक गरिसकेको सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) ले विचार वाटिकालाई जानकारी गराउनु  भयाे ।


  अध्यक्ष भण्डारीले सम्पर्क मञ्चको इतिहासमै याे पहिलाे र फरक खालकाे कार्यक्रम गर्न गहिरहेकाेले रामेछाप -काठमाडौं सम्पर्क मञ्च मातहतको सम्पूर्ण सदस्यहरू लगायत  नेकपा एमालेकाे शुभ -चिन्तकहरू लाई समय मिलाएर सातैदिनकाे कार्यक्रममा सहभागी हुन अनुराेध समेत गर्नुभएको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु