मंगलवार २० आश्विन, २०८३ (Tuesday October 06, 2026)

 ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली जाँदै

शुक्रबार १८ चैत्र, २०७८ विचारवाटिका 2490


 ५० सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली जाँदै

चैत १८ काठमाडौं, र्वतमान प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । 
प्रधानमन्त्री देउवा आज नेपाली टोलीको नेतृत्व गर्दै तीन दिने भारतीय भ्रमणका लागि राजधानी नयाँ दिल्ली प्रस्थान गर्नेछन् । यस भ्रमण टोलीमा चार मन्त्रीसहित ५० सदस्य रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएका छन् । परराष्ट्र, ऊर्जा, कृषि र स्वास्थ्यमन्त्री लगायत ५० सदस्य भ्रमणका लागि जानेछन् ।


प्रधानमन्त्री देउवाले द्विपक्षीय हित, सहयोग अभिवृद्धि लगायतका विषयमा भारतीय पक्षसँग छलफल गर्ने छन् । भारतसँग रासायनिक मलको सहज आपूर्ति, बिजुली आयात–निर्यात, सीमा विवाद लगायतका विषयमा छलफल गर्ने तयारी छ । यद्यपि परराष्ट्र मन्त्रालयले भ्रमणको एजेण्डा सार्वजनिक गरेको छैन ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु