शनिबार १६ असार, २०८१
असार १५ काठमाडौं , नेकपा( एमाले) रामेछाप नगरपालिका वडा नं. २ देउराली - काठमाडौं सम्पर्क मञ्चको दाेस्राे वडा सम्मेलन बाट सर्व सहमत हरि आले मगरकाे नेतृत्वमा १५ सदस्य वडा सम्पर्क मञ्च निर्वाचित भएकाे छ ।
देउराली - काठमाडौं सम्पर्क मञ्चको संयाेजक तिलकबहादुर बुढाथोकीको अध्यक्षता ,बागमती प्रदेश कमिटीको सचिवालय सदस्य तथा बागमती प्रदेशका पूर्व मन्त्री शान्ति प्रसाद पाैडेलकाे प्रमुख आतिथ्यता , नेकपा ( एमाले) रामेछाप -काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) नेकपा ( एमाले) रामेछाप नगर कमिटीको अध्यक्ष राेशन पाख्रीन, नेकपा ( एमाले) रामेछाप नगर- काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष राम कुमार खड्का लगायत रामेछाप जिल्ला भुगाेल तथा सम्पर्क मञ्चको नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति रहेकाे दाेस्राे वडा सम्मेलन बाट अध्यक्षमा आले मगर सगै उपाध्यक्षमा प्रमाेद खत्री ,महिला उपाध्यक्षमा सरस्वती रैका, सचिवमा ध्यान बहादुर बलम्पाकी मगर , उपसचिवमा प्रकाश बुढाथोकी ,महिला उपसचिवमा सीता राेका, काेषाध्यक्षमा दल बहादुर क्याप्छाकी लगायत १५ सदस्य वडा सम्पर्क मञ्च सर्व सहमत निर्वाचित भएकाे निवर्तमान संयाेजक तथा बन्द शत्रका अध्यक्ष मण्डलकाे सदस्य तिलकबहादुर बुढाथोकीले घाेषणा गर्नु भएकाे थियाे।