मंगलवार २५ माघ, २०७८
माघ २५ काठमाडौं , नेकपा एमाले रामेछाप नगर–काठमाडौं सम्पर्क मञ्चले माघ २९ गते शनिबार मनोरन्जन पार्क अनामनगरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्न गहिरहेको नगर सम्पर्क मञ्चको सचिव तुलसी श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भएको छ ।
अहिले विभिन्न कारणले ब्लड बैकमा रगतको अभाव भैरहेको अवस्थामा केहि मात्रमा भएपनि रगत संकलन गर्न सहयोग पुगोस भन्ने उद्देश्यले रामेछाप नगर सम्पर्क मञ्चले रक्तदान कार्यक्रमको आयोजना गर्न गहिरहेकोले रामेछाप –काठमाडौं सम्पर्क मञ्च अन्तरगत विभिन्न पालिका सम्पर्क मञ्च र पालिका अन्तरगत रहेको विभिन्न वडा सम्पर्क मञ्चमा आवद्ध सबै सदस्यहरू लगाएत रामेछाप र छिमेकी जिल्लाबाट काठमाडौं आई बसोबास गर्नुहुने सम्पूर्णलाई यसै समचारलाई आधार मानि कार्यक्रममा उपस्थितिभै रगत संकलन कार्यमा सहयोग गरिदिनु हुन समेत सचिव श्रेष्ठले अनुरोध गर्नु भएको छ ।
“ उत्प्रेरक र उत्प्रेरणा ,रामेछाप नगरको सचेतना “ रक्तदान गरौ जीवन वचाऔं भन्ने नाराको साथ आयोजना गर्न गहिरहेको खुल्ला रक्तदान कार्यक्रम लाई ब्लड डोनर्स एसोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाले समन्वय गर्नु भएको छ । नगर सम्पर्क मञ्चले अध्यक्ष दिलिप श्रेष्ठको संयोजकमा ११ सदस्य रक्तदान कार्यक्रम उपसमिति गठन गरि कार्यक्रम तयारी तिब्र रूपमा गरिरहेको छ ।