सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

सरोकार समाजको स्थापना दिवसमा खुल्ला रक्तदान कार्यक्रम हुँदै

मंगलवार ५ पुष, २०७९ संजय कुमार थापा 2860


सरोकार समाजको स्थापना दिवसमा खुल्ला रक्तदान कार्यक्रम हुँदै

   पुस ५ काठमाडौं ,गोठगाउँ सरोकार समाजको चौथौं स्थापना दिवस २०७९ पुस ९ गते शनिवार खुल्ला रक्तदान कार्यक्रम गरेर मनाउन गहिरहेको सरोकार समाजको उपाध्यक्ष तथा रक्तदान कार्यक्रमको संयोजक देव कुमारी श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयो।

२०७५ साल पुस ९ गते जिल्ला प्रशासन कार्यालय रामेछापमा दर्ता भएर गोठगाउँ लगायत विभिन्न ठाउँमा सामाजिक काम गर्दै आहीरहेको सरोकार समाज २०७९ पुस ९ गते बाट चार वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश गर्दैगरेको उपलक्ष्यमा  ब्लड डोनर्स एसोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाको सहकार्यमा का.म.न.पा.४ धुम्बाराही शंखपार्कमा खुल्ला रक्तदान कार्यक्रम को आयोजना गरि चौथो स्थापना दिवस मनाउन गहिरहेको र कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समेत संयोजक श्रेष्ठले जानकारी गराउनु भयो।

  सरोकार समाजले स्थापना काल देखिनै शिक्षा ,स्वास्थ्य ,खेलकुद ,वातावरण लगायतको क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गर्नुको साथै समस्यामा परेको केही व्यक्तिहरूलाई सरोकार समाजका सदस्य हरूको सहयोगमा आर्थिक सहयोग गर्दै आहिरहेता पनि सरोकार समाज ब्लड डोनर्स एसोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखामा आबद्ध भएपछि विभिन्न समयमा रक्तदान कार्यक्रमको आयोजना गर्नुको साथै ब्लडको आवश्यकता परेको बिमारीलाई ब्लड उपलब्ध गराईदिन सहजीकरण गर्दै आहिरहेकोले रक्तदानै जीवन दान,जीवन दाननै महादान हो भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रममा उपस्थितिभै स्वास्थ्यले साथ दिएको खण्डमा रक्तदान कार्यमा सहभागी भैदिनु हुन समेत संयोज श्रेष्ठले अनुरोध गर्नु भएको छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु