बुधबार २० बैशाख, २०८०
बैशाख २० काठमाडौं, शहीद स्मारक ए डिभिजन लिगमा प्रशिक्षक विहीन मनाङ मस्र्याङ्दी क्लबले नेपाल आर्मीलाई १–० ले जितेको छ ।
पहिलो जित हात पारेको मनाङका लागि तिमोथी कुडोले इन्जुरी समयमा गोल गरेका छन् । यसअघिका सात खेलमा जित विहीन रहेको मनाङले लगातार ६ खेल हारेको थियो । लगातार हारे पछि मनाङका प्रशिक्षक किरण श्रेष्ठले राजिनामा दिएका थिए ।
मनाङको टच लाइन गोल किपर प्रशिक्षक प्रविण श्रेष्ठले सम्हालेका थिए ।