बिहीबार १० बैशाख, २०८३ (Thursday April 23, 2026)

सहमतिको आधारमा नेपाल राष्ट्र बैंककाे गभर्नर चाँडै नियुक्ति हुन्छ :- गृहमन्त्री रमेश लेखक ।

मंगलवार ३० बैशाख, २०८२ Bichar Batika 1628


सहमतिको आधारमा नेपाल राष्ट्र बैंककाे गभर्नर चाँडै नियुक्ति हुन्छ :- गृहमन्त्री रमेश लेखक ।

बैशाख ३० विराटनगर , नेपाली काँग्रेसका प्रभाव सालि नेता एवम् नेपाल सरकारको गृहमन्त्री रमेश लेखकले नेपाली काँग्रेस र नेकपा ( एमाले ) बीच सहमतिको आधारमा नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्ति हुने जानकारी दिनुभयो ।

  विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरू संगकाे कुराकानीमा गृहमन्त्री लेखकले मुलुकमा राजनीतिक स्थिरता एवम् आर्थिक समृद्धिकाे लागि काँग्रेस र एमाले बीच सहमतिको आधारमा निर्माण भएकाे गठवन्धनकाे सरकारले पूर्ण कार्यकालसम्म सरकार सञ्चालन हुने दावी गर्दै वर्तमान सरकार जनतामा छाएको निराशालाई चिर्दै आशाको किरण दिन गठन भएकाे समेत  बताउनु भयाे ।
   गृहमन्त्री लेखकले वर्तमान सरकारले दश महिनामा गरेकाे कामकाे  उपलब्धिको प्रशंसा गर्दै आर्थिक सूचकाङ्क  र अर्थतन्त्र सवलीकरण तर्फ अगाडि बढिरहेको जानकारी गराउनु हुँदै नेपाली जनताकाे ठूलाे सङ्घर्स र बलिदानबाट आएकाे सङ्घीय लाेकतान्त्रिक गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्थाहुन नसक्ने समेत बताउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु