शुक्रबार १५ मंसिर, २०८० (Friday December 01, 2023)

नेप्सेम्याकद्वारा आयाेजित खुल्ला रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम

आईतवार २६ कार्तिक, २०८० विचारवाटिका 1471


नेप्सेम्याकद्वारा आयाेजित खुल्ला रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम

कात्तिक २६ भक्तपुर , नेप्सेम्याक सेवा प्रा.लि. ले सेवानै धर्म हाे भन्ने मुल मान्यताका साथ खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएकाे छ ।


भक्तपुर नेप्सेम्याक द्वारा आयाेजित खुल्ला रक्तदान कार्यक्रममा ५१ जना रक्त दाताहरूले रगत दान गर्नुभएकाे थियाे भने निशुल्क स्वास्थ्य शिविरमा ९४ जनाले मधुमेह परिक्षण ,६१ जनाले स्त्रीरोग परिक्षण ,१०२ जनााले चर्म राेग परिक्षण र ८४ जनाले जनरल फिजिसियन द्वारा स्वास्थ्य परिक्षण गरेकाे थियाे।


प्रतिनिधि सभाका संसद दुर्लभ थापाकाे प्रमुख आतिथ्य तथा गाेविन्द प्रसाद आचार्यको अध्यक्षतामा आयाेजना भएकाे कार्यक्रममा चाँगुनारायण न.पा. वडा नं २ का वडा अध्यक्ष साेम प्रसाद प्रधान,मध्यपुर थिमि न.पा.का पूर्व उपप्रमुख अञ्जनादेवि मधिकर्मी ,सूर्य विनायक न.पा.का पूर्व उपप्रमुख जुना बस्नेत ,राष्ट्रका लागि दुई घण्टा अभियानका कार्यवाहक अध्यक्ष नरेश रञ्जित ,नेप्सेम्याकका अध्यक्ष टीकाराम दाहाल ,नेप्सेम्याक भक्तपुर शाखाका प्रवनधक बाबुराम चाैलागाई लगायतका व्यक्तिहरू अतिथि रहनु भएकाे थियाे ।


चार सय जनाकाे उपस्थिति रहेकाे नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा अर्जुन शर्माको समन्वयमा २ लाख ५० हजार बराबरकाे औंषधी निशुल्क वितरण समेत गरेकाे थियाे।

तस्विर: मिन बहादुर श्रेष्ठ




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु