मंगलवार ५ मंसिर, २०८०
मंसिर ०५ रामेछाप, पूर्व अरनिको यातायात सेवाले रामेछापको गुम्देल र गोठपानीबाट अबदेखि नियमित रूपमा सेवा प्रदान गर्नु पर्ने भएको छ । यस अगाडि देखिनै बेला मौकामा मात्रै यात्रु ओसार्दै आएको अरनिको यातायाले नियमित रूपमा सेवा नदिए १० हजार रुपैयाँ सम्म जरिवाना समेत तिराइने निर्णय गरिएको हो ।
पूर्व अरनिको यातायातले काठमाण्डौदेखि बाम्तिभण्डार चल्दै आएको बसले अबदेखि गुम्देलको पनि यात्रु नियमित रूपमा उठाउनु पर्ने निर्णय गरेको छ ।
अरनिको यातायात प्रा.लि.का सदस्य सचिव प्रभुराम थापाले मंसिर ५ गतेदेखी लागू हुने गरी बाम्तिभण्डार जाँदै आएको बसले गुम्देल जानु पर्ने र भोली पल्ट बिहान ठाडो खोला सम्म ‘मेल’ ल्याई काठमाण्डौबाट गएको गाडीको यात्रु बोकेर भुसिङ्गा जानुपर्ने र पर्सिपल्ट भुसिङ्गाबाट सिधै काठमाडौँ जाने गरी यात्रु बोक्न एक पत्र मार्फत निर्देशन दिएका हुन् ।
SPORTS BETTING
I found this post very interesting and informative. Thank you for sharing your special thoughts with us. My site: golf betting