बिहीबार १० फाल्गुन, २०८० (Thursday February 22, 2024)

हामीले कस्तो राष्ट्रपति पायौं ?: एमाले सांसद दाहाल

सोमबार २२ माघ, २०८० विचारवाटिका 1092


हामीले कस्तो राष्ट्रपति पायौं ?: एमाले सांसद दाहाल

माघ २२ काठमाडौं, नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले संघीय संसदको महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएका छन् ।

उनले अधिवशेन सुरु भइसक्दा पनि संघीय संसद कार्यबाहक महासचिवबाट चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो भन्दै आज राष्ट्रिय सभाको बैठकमा प्रश्न गरेका छन् ।

संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसदका सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

‘यो अधिवशेन सुरु भइसक्दा पनि कार्यवाहकबाट काम चलाउनुपर्ने परिस्थिति किन सिर्जना भयो ? हामीले कस्तो राष्ट्रपति पायौं ? निकै लामो अध्ययन चिन्तन गर्ने, राष्ट्रपतिज्यू तपाईंको अध्ययन चिन्तन अब बढी भएन र ? एउटा संसदको महासचिवमा तपाईको चलखेल किन ?’ उनले प्रश्न गरेका छन् ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु