शनिबार ५ बैशाख, २०८३ (Saturday April 18, 2026)

मन्थली नगर सम्पर्क मञ्चको दाेस्राे सम्मेलनबाट अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित ।

शनिबार २२ बैशाख, २०८१ विचारवाटिका 2462


मन्थली नगर सम्पर्क मञ्चको दाेस्राे सम्मेलनबाट अध्यक्षमा अधिकारी निर्विरोध निर्वाचित  ।

बैशाख २२ काठमाडौं ,नेकपा( एमाले) मन्थली नगर- काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलनबाट अरूण प्रसाद अधिकारी अध्यक्षमा निर्विरोध निर्वाचित भएकाे छ ।


  मन्थली नगर सम्पर्क मञ्चको अध्यक्ष रविन्द्र कुमार श्रेष्ठको अध्यक्षता तथा नेकपा (एमाले) काे स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे नगर सम्पर्क मञ्चको दाेस्राे सम्मेलनबाट अध्यक्षमा अधिकारी सहित उपाध्यक्षमा श्यामसुन्दर श्रेष्ठ ,स्वस्तिका खड्का ,सचिवमा सन्दिप बुढाथोकी ,उपसचिवमा रञ्जित कार्की ,सञ्जु कार्की , काेषाध्यक्षमा जनक श्रेष्ठ लगायत २१ सदस्यहरू निर्विरोध निर्वाचित भएकाे छ ।


कार्यक्रममा नगर सम्पर्क मञ्चको पूर्व अध्यक्ष  बरूण प्रसाद अधिकारी ,नगर सम्पर्क मञ्चको पूर्व अध्यक्ष तथा जनप्रतिनिधि बालाकाजी श्रेष्ठ ,मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरे ,रामेछाप -काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) ,रामेछाप जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश माननीय आनन्द कुमार श्रेष्ठ ,नेकपा ( एमाले ) बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशाेक कुमार ठकुरी ,नेकपा ( एमाले) बागमती प्रदेश कमिटी सदस्य तथा जनप्रतिनिधि गाेपाल श्रेष्ठ ,प्रदेश कमिटी सदस्य तथा मन्थली नगर प्रमुख  लब श्रेष्ठ ,बागमती प्रदेश कमिटीको सचिवालय सदस्य तथा प्रदेशको पूर्व मन्त्री शान्ति प्रसाद पाैडेल, सम्पर्क समन्वय कमिटीको सचिवालय सदस्य सरिता दाहाल ,नेकपा ( एमाले ) काे केन्द्रीय सदस्य गिता कार्की र स्थायी कमिटी सदस्य तथा कार्यक्रमकाे प्रमुख अतिथि लालबाबु पण्डितले कार्यक्रममा सम्मेलन  सफलताको शुभकामना मन्तव्य राख्नु भएकाे थियाे 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु