सोमबार ५ फाल्गुन, २०८१ (Monday February 17, 2025)

लिखु तामाकोसी सम्पर्क मञ्चले तीन महिने निशुल्क जापानीज भाषा प्रशिक्षण दिदै ।

बिहीबार १३ भाद्र, २०८१ डिवि श्रेष्ठ 1625


लिखु तामाकोसी सम्पर्क मञ्चले तीन महिने निशुल्क जापानीज भाषा प्रशिक्षण दिदै ।

भदौ १३ काठमाडौं , नेकपा ( एमाले) लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चले रामेछाप जिल्लाकाे आठैवटा  पालिकाकाे ४०/४५ जना  युवा युवतीहरू  लाई तीन महिना  नि:शुल्क जापानीज भाषा प्रशिक्षणकाे हिजाे भदौ १२ गते बाट  निकाेला इन्टरनेशनल एकेडेमी चाबहिलमा उद्घाटन भएकाे छ ।


  लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष रविन तामाङकाे अध्यक्षता ,नेकपा ( एमाले) बागमती प्रदेश सम्पर्क कमिटी अध्यक्ष अशाेक कुमार ठकुरीको प्रमुख आतिथ्यता तथा रामेछाप जिल्ला कमिटी सदस्य राकेश श्रेष्ठ , बागमती प्रदेश सम्पर्क कमिटी सदस्य लक्ष्मी न्याैपाने, रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) लगायत पदाधिकारी तथा सदस्यहरू ,  लिखु तामाकोसी गाउँपालिका कमिटीकाे अध्यक्ष के.वि. पाैडेल लगायत पदाधिकारी तथा सदस्य , राष्ट्रिय युवा संघ नेपालकाे स्थायी कमिटी सदस्य राजकुमार खड्का , राष्ट्रिय युवा संघ  लिखु तामाकोसी जिल्ला कमिटी रामेछापको उपाध्यक्ष शिवसागर मगर लगायत सदस्यहरू ,राष्ट्रिय युवा संघ लिखु तामाकोसी पालिका कमिटी अध्यक्ष दिप पाख्रीन लगायतका पदाधिकारी तथा सदस्यहरूकाे उपस्थितिमा कार्यक्रम आयाेजना भएकाे थियाे ।


कार्यक्रमका अध्यक्ष रविन तामाङले तीन महिने  जापानीज भाषा प्रशिक्षण भनिता पनि एक लेबलको पुरा काेष गर्नुपर्ने भएकाेले साडे तीन देखि चार महिना सम्म जतिनै खर्च लागेपनि काेष पूरा गरी बिद्यार्थीहरूलाई  जापानीज हरू सग बाेल्ल सक्ने उनिहरूले बाेलेकाे बुझ्न सक्ने  ,लेख्न सक्ने सम्म बनाउने बताउनु भयाे ,अध्यक्ष तामाङले भाषा पढ्दैमा,सिक्दैमा बिदेशै जानू पर्छ भन्ने नरहेकाे भाषा जानेकै कारण नेपालमा पनि धेरैले राेजगार पाएकाे कतिलेत व्यवसायी भएरनै धेरैलाई राेजगार दिएकाे बताउनु हुँदै बिद्यार्थीहरूलाई तीन ,चार महिना जति लागेपनि काेष पूरा गर्नुस मन लगाएर भाषा सिक्नुस अहिले सिक्दा हाेस वा सिकिसकेपछि हाेस हामीले काहाँ के सहयाेग गर्नु पर्छ आफू तयार रहेकाे कुरा बताउनु भयाे ।

 


कार्यक्रम लिखु तामाकोसी - काठमाडौं सम्पर्क मञ्चले एक राम्रो कामकाे शुरूवात गरेकाेमा प्रमुख अतिथि अशाेेक कुमार ठकुरी ,अतिथिहरू राकेश श्रेष्ठ ,प्रमाेद भण्डारी ( रविन्द्र) के.वि. पाैडेल, राजकुमार खड्काले  अध्यक्ष तथा आयाेजकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएकाे  थियाे ,              भिडियाे सहित

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु