बुधबार २ जेष्ठ, २०८१
जेष्ठ २ तनहुँ , नेकपा ( एमाले) तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल बहुमतकाे साथ निर्वाचित भएकाे छ ,हिजाे राति सम्पन्न अन्तिम मत परिणाम अनुसार कँडेलले २सय ९२ मत ल्याएर जिल्ला अध्यक्षमा निर्वाचित भएकाे हाे ।
अध्यक्षमा कँडेल सगै उपाध्यक्षमा राजेश्वर ढकाल,सचिवमा प्रदिपराज अधिकारी ,उपसचिवमा खिम बहादुर कुमाल र सुनिता नेपाली निर्वाचित भएकाे निर्वाचन कमिटीको अध्यक्ष पदमलाल लामिछानेले जानकारी गराएकाे थियो ।
५ सय ८५ प्रतिनिधि मध्य ५ सय ६० जना प्रतिनिधिहरू सहभागी भएकाे निर्वाचनले पाँच पदाधिकारी सहित ९९ सदस्यीय जिल्ला कमिटी र ५ सदस्यीय लेखा कमिटी निर्वाचित गरि अधिवेशन सम्पन्न भएकाे थियाे ।