बिहीबार ११ बैशाख, २०८२ (Thursday April 24, 2025)

दोलखा जिल्लाको उत्तरी भागमा एमाले प्रवेश गर्नेहरुको लहर

मंगलवार १५ चैत्र, २०७८ विचारवाटिका 1972


दोलखा जिल्लाको उत्तरी भागमा एमाले प्रवेश गर्नेहरुको लहर

चैत १५, स्थानीय तहको चुनाव नजिकिएसँगै दोलखा जिल्लाको उत्तरी भागमा नेकपा (माओवादी) केन्द्र छोडेर नेकपा एमाले प्रवेश गर्नेहरुको लहर चलेको छ । 
बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा माओवादी कम्युनिष्ट आन्दोलनबिरोधी गठबन्धनमा सहभागी हुने भएकोले पुराना र इमान्दार नेताहरु धमाधम एमाले रोज्न थालेका हुन ।
एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङको जन्मस्थान गौरीशंकरमा माओवादीका सबै नेताहरु एमाले प्रवेश गरेका हुन । 
माओवादी केन्द्रका निर्वाचन क्षेत्रीय संयोजक रहनुभएका जिल्लाकै प्रभावशाली नेता निमा लामा आज आफ्नो वडाको सिंगो टीम बिलय गराउँदै निर्वाचन क्षेत्रका अन्य प्रभावशाली नेता–कार्यकर्तासहित एमालेमा प्रवेश गर्नुभएको छ ।

लामो समयदेखि माओवादीमा क्रियाशील नेता लामालाई आज उहाँकै वडा झ्याँकूमा पुगेर पूर्वमन्त्री एवं एमाले नेता गुरुङ, एमाले दोलखा इञ्चार्ज सरस्वती बस्नेतसहितका नेताहरुले पार्टीमा स्वगत गर्नुभएको छ ।

लामासँगै माओवादी दोलखाका सचिवालय सदस्य शंखङिमा शेर्पा, मिङगुर शेर्पा, अशोक तामाङ, छिरिङ डोमा शेर्पा, नुर्वु शेर्पा, नाम्गेल शेर्पालगायतका नेताहरु एमाले प्रवेश गर्नुभएको छ । आज आयोजित कार्यक्रममा नेता लामाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भिजन र दोलखामा पार्वत गुरुङ जस्ता बिकाशवादी र सवैलाई समान ब्यवहार गर्ने कामबाट आफू एमालेमा आएको बताउनु भयो ।


 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु