शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

रामेछाप नगर सम्पर्क मञ्चको अध्यक्षमा सर्व सहमत विश्वकर्मा निर्वाचित ।

शनिबार १२ जेष्ठ, २०८१ विचारवाटिका 1579


रामेछाप नगर सम्पर्क मञ्चको अध्यक्षमा सर्व सहमत विश्वकर्मा निर्वाचित ।

 जेठ १२ काठमाडौं ,नेकपा ( एमाले) रामेछाप नगर- काठमाडौं सम्पर्क मञ्चको दाेस्राे सम्मेलन बाट सर्व सहमत रूपमा नर बहादुर विश्वकर्मा अध्यक्षमा निर्वाचित भएकाे छ ।


 नेकपा (एमाले) काे स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीको इन्चार्ज लालबाबु पण्डितकाे प्रमुख आतिथ्यता तथा रामेछाप नगर सम्पर्क मञ्चको अध्यक्ष तुलसी श्रेष्ठको अध्यक्षता आज आयाेजना भएकाे रामेछाप नगर सम्पर्क मञ्चको दाेस्राे सम्मेलन बाट अध्यक्षमा विश्वकर्मा सगै, उपाध्यक्षमा रामकुमार खड्का ,महिला उपाध्यक्षमा बाटुली माया मगर ,सचिवमा शंकर बस्नेत ,उपसचिवमा गणेश श्रेष्ठ र मिरा घिमिरे ( खत्री) काेषाध्यक्षमा शंकर घिमिरे लगायत १९ सदस्यीय नगर सम्पर्क मञ्चको कमिटी सर्व सहमत निर्वाचित भएकाे छ ।


दाेस्राे सम्मेलनमा दुई बर्षे कार्यकालमा विभिन्न माध्यम बाट नगर सम्पर्क मञ्चलाई सहयाेग गर्नुहुने व्यक्तिहरू लाई सम्मान समेत गरेकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु