आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

सबैलाई मनपर्ने तरवुजा स्वास्थ्यकाे लागि एकदमै लाभदायी ।

सोमबार २१ जेष्ठ, २०८१ विचारवाटिका 1487


सबैलाई मनपर्ने तरवुजा स्वास्थ्यकाे लागि एकदमै लाभदायी ।

जेठ २१ काठमाडौं ,तरवुजा बालक देखि बृद्वसम्मलाई मन पर्ने फल मध्येको एक हाे , तेहीभएर गर्मीकाे समयमा  बजारकाे प्रत्येक फलफुल पसलमा तरवुजा राखेकाे देखिन्छ ।
 चिकित्सकहरूले बताए अनुसार तरवुजा मानव स्वास्थ्यकाे लागि एकदमै लाभदायी हुन्छ, यसमा ९५ प्रतिशत पानीकाे मात्रा हुने भएकाेले तरवुजाबाट प्राेटिन ,भिटामिन सी पाउने हुदा मुटु, मृगौला तथा रगत सम्वन्धि विभिन्न राेगकाे जाेखिम कम गर्ने विज्ञहरू बताउछन् ।
  चिकित्सकहरूले भने अनुसार नियमित रूपमा तरवुजा खाएमा मुटुुलाई स्वस्थ्य राख्छ,ताैल घटाउछ,आँखालाई स्वस्थ्य राख्छ,मांसपेशीकाे दुखाइलाई कम गर्छ, मधुमेह हुन बाट  जाेगाउछ,छालाको लागि लाभदायक हुन्छ ।


  स्वास्थ्यकाे लागि यति धेरै लाभदायीक हुने तरवुजा पनि अहिले बजारमा केमिकल मिसिएको भेटिएको भन्ने हल्ला कहिलेकाही सुन्नमा आउँछ, यदि केमिकल मिसिएको तरवुजा खाएमा स्वास्थ्य लाई धेरै हानिकारक हुनसक्छ ,यदि  तरवुजा किनेेर खादै हुनुहुन्छ भने धेरै जसाे मानिसहरूले तरवुजाकाे दाना,ओजन बाट पनि केमिकल मिएकाे छ छैन पत्तालगाउन सक्छ ,यदि सक्नुभएन भने तरवुजा काटी सकेपछि सानाे चाना पानीमा डुवाएर हेर्नुस् यदि पानीमा कलर आयाे भने त्याे तरवुजामा केमिकल मिसिएको हुन्छ,कुनै कलर आएन भने त्याे तरवुजा केमिकल रहित हुन्छ , केमिकल रहित तरवुुजा नियमित खाएमा स्वास्थ्यलाई धेरै लाभदायक हुन्छ ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु