शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

नेपाल र नेदरल्यान्डस् बिचकाे खेल काठमाडौं महानगरले नि:शुल्क प्रत्यक्ष प्रशारण गर्दै ।

मंगलवार २२ जेष्ठ, २०८१ विचारवाटिका 1738


नेपाल र नेदरल्यान्डस् बिचकाे खेल काठमाडौं महानगरले नि:शुल्क प्रत्यक्ष प्रशारण गर्दै ।

जेठ २२ काठमाडौं , काठमाडौं महानगरपालिकाले नेपाल र नेदरल्यान्डस् बिचकाे आज हुने आईसीसी पूरूष टी-20 विश्वकप खेलकाे नि:शुल्क प्रत्यक्ष प्रशारण गर्ने भएकाे छ, महानगरले टुँडिखेल ,तीनकुने र हाँडीगाउँमा एलईडी स्क्रिन राखेर खेलकाे प्रत्यक्ष प्रशारण गर्ने भएकाे छ ।
अमेरिकाको टेक्ससस्थित ग्रान्ड प्रेअरी रंगशालामा नेपालले दस वर्ष पछि आईसीसी पूरूष टी - 20 विश्वकप खेल्दै छ, नेपाली समय अनुसार आज रातकाे ९.१५ बजे नेपाल र नेदरल्यान्डस् बिच पहिलाे खेल हुन गहिरहेकाे  छ ।
  नेपाल र नेदरल्यान्डस् बीच हालसम्म १२ टी-20 अन्तर्राष्ट्रिय खेल भएको छ , जसमध्ये नेपालले पाँच खेलमा र नेदरल्यान्डस्ले छ खेलमा बिजयी भएकाे थियाे भने एक खेल नतिजा बिहिन भएकाे थियाे ।

                     तस्बिर स्राेत :- क्यान




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु