शनिबार २९ भाद्र, २०८१
भदौ २९ काठमाडौं , नेकपा ( एमाले)राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला कमिटी रामेछापको ९औं अधिवेशन बाट सर्व सहमत अध्यक्षमा राम बहादुर कार्की निर्वाचित भएकाे छ ।
ए वान क्याफे एण्ड पार्टी प्यालेस चावहिलमा आज सम्पन्न भएकाे ९ औं अधिवेशन बाट अध्यक्षमा कार्की सगै उपाध्यक्षमा राम बहादुर तामाङ , सचिवमा टेक बहादुर श्रेष्ठ ( श्याम) सहसचिवमा दिनेश याेञ्जन ,काेषाध्यक्षमा मनाेज थापामगर लगायत ३१ सदस्य कमिटी सर्व सहमत निर्वाचित भएकाे थियाे ।
अन्तरजिल्ला कमिटी रामेछापको संयाेजक देवराज खड्काको अध्यक्षता, राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटी सदस्य विद्या चाैहानकाे सञ्चालन तथा नेकपा ( एमाले) केन्द्रीय कमिटी सदस्य तथा युवा संघ इन्चार्ज राजिव पहाडीको प्रमुख आतिथ्यतामा आयाेजना भएकाे अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष ,सचिव लगायत युवा संघका विभिन्न तहका नेता तथा कार्यकर्ताहरू ,नेकपा ( एमाले ) बागमती प्रदेश कमिटी सचिवालय सदस्य लगायतका नेताहरू, नेकपा (एमाले) रामेछाप जिल्ला कमिटी अध्यक्ष लगायत सदस्यहरू ,नेकपा ( एमाले) बागमती प्रदेश सम्पर्क कमिटीको सदस्यहरू, नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष ,उपाध्यक्ष लगायत सदस्यहरू ,रामेछापका विभिन्न पालिकाकाे अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरू अतिथि रहनु भएकाे थियाे ।