आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

भण्डारी सेवा समाज नेपाल रघुवंशि,कौशिक गोत्रियले मनायो १७ औ स्थापना दिवस ।

शुक्रबार ४ आश्विन, २०८१ विचारवाटिका 1782


भण्डारी सेवा समाज नेपाल  रघुवंशि,कौशिक गोत्रियले मनायो १७ औ स्थापना दिवस ।

असाेज ४ काठमाडौ ,भण्डारी सेवा समाज नेपाल रघुवंशि,कौशिक गोत्रियको १७ औ स्थापना  दिवस (बार्षिकोत्सव ) भण्डारी दिवस एवम् २०८१ को बडा दशै ,शुभ दिपावली, नेपाल सम्वत, छठ र ल्होत्सार लगायत चाडपर्वहरुको शुभकामना आदनप्रदान कार्यक्रम २०८१ असोज ३ गते बिहिबार केन्द्रिय कार्यलय काठमान्डौ धुम्बाराही स्थित लर्ड पाटीभेन्युमा केन्द्रिय अध्यक्ष बीर बहादुर भण्डारी को अध्यक्षता र उपमहासचिव बद्री कुमार भण्डारीको सञ्चालनमा देशै भरिका रघुवंशि ,कौशिक गोत्रिय भण्डारीहरुको उपस्थितमा राष्ट्रिय ख्याती प्राप्त भण्डारी कलाकारहरु रामहरी भण्डारी, आकास भण्डारी ,कुमार भण्डारी , दिनेस भण्डारी र गायिका पुजा पुरीको बिजोड संस्कृतिक प्रस्तुति  साथै शम्भु भण्डारीको भजन र मुरारी भण्डारीको खैजडी भजन सहित सम्पन्न भएको थियो। 


कार्यक्रममा प्रमुख संरक्षक जिवन कुमार भण्डारी संरक्षक केशर बहादुर भण्डारी संस्थापक अध्यक्ष एवं सल्लाहाकार प्रमुख ध्रुव बहादुर भण्डारी सल्लाहकार क्षेत्र बहादुर भण्डारी बरिष्ठ उपाध्यक्ष  राम कुमार भण्डारी उपाध्यक्षहरु माननिय मसिना भण्डारी , कुमार भण्डारी, महासचिव  राधाकृष्ण भण्डारी पुर्वमहासचिव एवं केन्द्रिय सदस्य माधव भण्डारी मधेस प्रदेस अध्यक्ष बिक्रम भण्डारी वागमती प्रदेस अध्यक्ष दिलिप भण्डारी इतिहासबिद शिव बहादुर भण्डारी र विभिन्न जिल्ला  अध्यक्षहरु दोलखा पुर्णबहादुर भण्डारी सिन्धुपाल्चोक टिकाध्वज भण्डारी धादिङ बिनोद भण्डरी नुवाकोट केशव भण्डारी सर्लाही गुणध्वज भण्डारी लगायतले स्थापना दिवस र चाडपर्वहरुको शुभकामना ब्यक्त गर्नुभएको थियो। कार्यक्रमको स्वागत सचिव रोज कुमार भण्डारी र धन्यबाद कोषध्यक्ष रामहरी भन्डारीले गर्नुभएको थियो। 
भण्डारी सेवा समाज, नेपाल रघुवंशि, कौशिक गोत्रियले देश तथा बिदेशमा रहेका रघुवंशि कौशिक गोत्रिय भण्डारीहरुको “ कुलघर र मुल घर जोड्ने अभियान” अन्तरगत केन्द्रमा कौशिक ऋषिको आश्रम सहितको केन्द्रिय कार्यलय र केन्द्रिय कुल मन्दिर स्थापना गर्ने अभियान सञ्चालन गरिएको छ। उक्त महत्वकाँक्षी योजना सार्वजनिक गर्दै समाजका अध्यक्ष  बीर बहादुर भण्डारीले यो योजना पुरा गर्न ७ देखी ९ करोड लाग्ने बताउदै अभियान सुरु गर्नुभयो । अध्यक्ष बीर बहादुर भण्डारी सिन्धुपाल्चोकबाट रु १२ लाख ५ हजार ५ सय ५५ जिवन कुमार भण्डारी संखुवासभाबाट रु ५ लाख (केशर बहादुर भण्डारी रामेछापबाट रु ५ लाख २०८१ बैसाख १५ गते घोषणा) खिल बहादुर भण्डारी काठमाणडौ तारकेश्वर २ बाट रु १  लाख धन बहादुर ,डम्बर कुमारी स्मृति प्रतिष्ठान बसन्त भण्डारी सुनकोसी २ ठोकर्पा २ सिन्धुपाल्चोकबाट रु १ लाख २५ हजार, आमा  देव कुमारी भण्डारीको स्मृतिमा दिलिप कुमार भण्डारी सिन्धुपाल्चोकबाट रु १ लाख ५ हजार ५ सय ५५ ,टिकाभक्त फाउन्डेसन गणेशराज भण्डारी त्रिपुरासुन्दरी ५ धादिङबाट रु ५५ हजार , बर्षा भण्डारी हाल अमेरिका ५५ हजार ५ सय ५५ ,रामकृष्ण थापा हाल अमेरिका रु २५ हजार  भुपेन्द्र भण्डारी सिन्धुपाल्चोक रु १० हजार , रामचन्द्र भण्डारी  सिन्धुपाल्चोक रु १० हजार, चित्र बहादुर भण्डारी सिन्धुपाल्चोक रु १० हजार गरि जम्मा २७ लाख १ हजार ६ सय ६५ समेत सुरुवाती रकम जम्मा भएको थियो ।
अभियान देश तथा बिदेशमा रहेका सबै रघुवंशि ,कौशिक गोत्रिय भण्डारीहरुको धेर ,थोर आर्थिक सहयोगबाटै सम्पन्न हुने धारणा अध्यक्षले राख्नु भएको छ ।


यो योजना पुरा गर्न समाजले हरेक रघुवंशि ,कौशिक गोत्रिय भण्डारीहरुले प्रत्येक दिन मुठी दान अभियान समेत सञ्चालन गर्ने उदघोष गरिएको छ । यस कार्यक्रमलाई पुरा गर्न हरेक बन्धुहरुको घर-घरमा पुग्ने ७७ जिल्लामै रहेका भण्डारीहरुको तथ्याङक संकलन गर्ने बताइएको छ। संकलन अभियानकै क्रममा कुनै पनि बन्धु नछुटने गरि वंशवृक्ष तयार गर्न  भण्डारी सेवा समाज, नेपाल रघुवंशि ,कौशिक गोत्रिय भण्डारीहरुको वंशवलि राष्ट्रिय भेला गरि देशैभरिका रघुवंशि , कौशिक गोत्रिय भण्डारीहरुको वंशवलि प्रकाशन गर्ने तयारी भएको साथै रघुवंशी, कौशिक गोत्रीय भण्डारीहरुको आधिकारीक जानाकारी दिने र डकुमेण्ट तयार गरी प्रकाशन गर्ने एकमात्र संस्था भण्डारी सेवा समाज नेपाल, रघुवंशि , कौशिक गोत्रिय मात्र रहेको  उपमहासचिव बद्री कुमार भण्डारीले जानकारी दिनु भयो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु