मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

सम्पर्क मञ्चको दशै उपहार कार्यक्रम सार्वजनिक ,भण्डारीले जिते प्रथम पुरस्कार ।

शनिबार १९ आश्विन, २०८१ डिबि श्रेष्ठ 1713


सम्पर्क मञ्चको दशै उपहार कार्यक्रम सार्वजनिक ,भण्डारीले जिते  प्रथम  पुरस्कार ।

असाेज १९ काठमाडौं , नेकपा ( एमाले) रामेछाप - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत बडा दशै उपहार कार्यक्रम २०८१ , आज सम्राट दरबार जडिबुटीमा सार्वजनिक भएकाे छ, उक्त कार्यक्रममा टिकट नम्बर  ६५६६ बाट रामेछाप पिङ्गखुरीका रवि भण्डारीले प्रथम पुरस्कार ल्यापटप Dell 15 जित्न सफल भएकाे छ ।

 


   भण्डारी सगै टिकट नम्बर  ४४७७ बाट प्रदिप खड्काले दाेस्राे पुरस्कार  ४३ इन्चको स्मार्ट टिभी ,टिकट नम्बर ४१४६ बाट सत्यदेवी खड्काले तेस्राे पुरस्कार रेडमी 13 माेवाईल, टिकट नम्बर  ९२०८ बाट सीता श्रेष्ठले चाैथाें पुरस्कार १५८ लिटरकाे फ्रिज ,टिकट नम्बर  ७५४४ बाट ग्रिसा श्रेष्ठले पाँचौ  पुरस्कार मिक्चर , टिकट नम्बर  १४३९ बाट माईली माया माेक्तानले छैटौं  पुरस्कार  इन्डक्सन चुला , टिकट नम्बर  ४७४८ र १०८५ बाट अमृत बहादुर कार्की र नवराज श्रेष्ठले साताैं पुरस्कार  २.८ लिटरकाे राईस कुकर , टिकट नम्बर  ०२६६, ६२९१ र ९०७८ टिकट नम्बर बाट अमृत केसी , गुणराज कार्की , यादप थापा मगरले आठौं  पुरस्कार  ५ लिटरकाे प्रेसर कुकर  र टिकट नम्बर  ५६२१, ७६५१,१५६३,१२४६,३९९८, ०१८४,१०५७,७३३२, ३८९०,२१९१,७१२९,७९१९,४९०३,२००३,१८०४,११०८,३००२,८२५७,९६८५ र ७२४६  काट्ने २० जनाले सान्त्वना पुरस्कार स्मार्ट घडी T800 जिल्त सफल भएकाे  रामेछाप - काठमाडौं सम्पर्क मञ्च  प्रचारप्रसार विभागले जानकारी गराएकाे थियाे ।


रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र) काे अध्यक्षता, सम्पर्क मञ्चको सचिव  निराजन तिमिल्सिनाकाे सञ्चालन ,नेकपा ( एमाले) स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटीको इन्चार्ज लालबाबु पण्डितको प्रमुख आतिग्थता तथा नेकपा एमालेकाे पाेलिटव्युराे सदस्य कमल चाैलागाई लागायत केन्द्रीय सदस्य , सम्पर्क समन्वय कमिटीको संयाेजक श्याम बस्तेत लगायत सदस्यहरू, बागमती प्रदेश कमिटीको अध्यक्ष कैलाश प्रसाद ढुङ्गेल लगायत सदस्यहरू ,बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष अशाेक कुमार ढकुरी लगायत पदाधिकारी तथा सदस्य  रामेछाप जिल्ला तथा पालिका कमिटीको पदाधिकारी तथा सदस्यहरू लगायत रामेछाप - काठमाडौं सम्पर्क मञ्चको नेता तथा कार्यकर्ताहरूकाे व्यापक उपस्थितिमा आयाेजना गरिएकाे बडा दशै उपहार  सार्वजनिक कार्यक्रम विचार वाटिका डट कमबाट समेत प्रत्यक्ष प्रसारण गरिएकाे थियाे ।

         भिडियो सहित 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु