आईतवार १६ मंसिर, २०८१ (Sunday December 01, 2024)

चीनसँग राष्ट्र र जनहितकाे कुरा गर्दा आउने अबरोध र विराेधसंग नडराउनु :- महासचिव विप्लव ,

मंगलवार ११ मंसिर, २०८१ Bichar Batika 1078


चीनसँग राष्ट्र र जनहितकाे कुरा गर्दा आउने अबरोध र विराेधसंग नडराउनु :- महासचिव विप्लव ,

मंसिर ११ काठमाडौँ , नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव  र प्रवक्ता प्रकाण्डले नेकपा (एमाले) अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा  ओलीलाई  चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउन आग्रह गरेका छन् ।  
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड  र नेकपा (एमाले) अध्यक्ष तथा  प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बिहान प्रधानमन्त्री  निबास बालुवाटारमा भएको  भेटवार्तामा प्रधानमन्त्री  ओलीलाई उनीहरुले सो आग्रह गरेका हुन् ।
 नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार राजेन्द्रका अनुसार उक्त भेटबार्तामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले   प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सफलताको शुभकामना दिएका थिए ।  उनीहरुले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको क्रममा देश र जनहितको बिषयमा चीन सरकारसंग सहमति गर्न सुझाब दिदै राष्ट्र र जनहितका कुरा गर्दा आउने अबरोध र बिरोधसंग नडराउनसमेत आग्रह गरेका थिए ।  
यसैगरी, उक्त भेटवार्तामा महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले  देशको स्थिति जटिल र अराजकता   मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नु पर्ने बिषय औल्याएका थिए।
यसैगरी, उक्त भेटवार्तामा महासचिव विप्लव ,प्रवक्ता प्रकाण्ड  र प्रधानमन्त्री  ओलीबीच भएको  उक्त भेटबार्तामा तीन बुँदे सहमति कार्यान्वयनलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ।
 उक्त भेटवार्तामा महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति कार्यन्वयनमा ढिलाई नगर्न र  तीन बुँदे सहमति बिपरित पछिल्लो समय गिरफ्तार परेका नेकपाका कार्यकर्तालाई तत्काल रिहा गर्न आग्रह समेत गरेका थिए  ।
यसैगरी, उक्त भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन बुँदे सहमति कार्यन्वयनमा सरकार दृढ भएको बताउदै छिटै टुङ्गोमा पुर्याउने बताएका थिए ।  उनले चीन भ्रमण सकेर फर्केपछि यस बिषयमा थप छलफल गर्ने समेत बताएका थिए।
यसैगरी, उक्त भेटवार्तामा  दुई पार्टीबीचको  छलफल र सहकार्यलाई अघि बढाउने बिषयमा समेत छलफल भएको बताइएको छ।  
 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु