बुधबार १३ जेष्ठ, २०८३ (Wednesday May 27, 2026)

क्लोथ बैंक नेपालद्वारा न्यानो लुगा वितरण।

बिहीबार २७ मंसिर, २०८१ Bichsr Batika 1652


क्लोथ बैंक नेपालद्वारा न्यानो लुगा वितरण।

मंसिर २७ जनकपुरधाम , क्लोथ बैंक नेपालले विगत ६ वर्षदेखि आर्थिक अभावमा परेका व्यक्तिहरूका लागि नयाँ लुगा, अक्सिजन सिलिन्डर, औषधि वितरण, आँखा तथा स्वास्थ्य शिविर सञ्चालनजस्ता सामाजिक कार्य गर्दै आइरहेको छ । 

हालै, संस्थाले जनकपुरधामस्थित ओरेक नेपालद्वारा सञ्चालित सेफ हाउसका महिला हिंसा पीडितहरूलाई ओरेक नेपालका अध्यक्षको अनुरोधमा १४ थान नयाँ न्यानो लुगा प्रदान गरेको हो ।

यसका साथै, विजय मलिकको छोराको मुन्डन कार्यक्रममा बच्चा र परिवारका सदस्यहरूको लागि १० थान जाडोका लुगा वितरण गरिएको छ । 

त्यस्तै, नसिम साफीको आग्रहमा जनकपुरधाम वडा नं. ६ मा रहेको अलजामिया अलतुल हन्फी अलतुल गोसिया मदरसामा अध्ययनरत विपन्न बालबालिकाहरूका लागि ४० थान ज्याकेट वितरण गरिएको छ । 

दाता साबिर हुसेन, उनका भाइ जुल्फिकार हुसेन र डा. बिपिन झाको सहयोगमा उपलब्ध गराइएका ती ज्याकेट क्लोथ बैंक नेपाल धनुषाले हस्तान्तरण गरेको हो ।

ज्याकेट वितरण कार्यक्रममा क्लोथ बैंक नेपालका अध्यक्ष डा. राजीव झा, सचिव मनिष श्रीओम, कोषाध्यक्ष रुबि झा, कार्यक्रम संयोजक रञ्जीत झा, कार्यालय सचिव कृष्णकुमार साह, नेपाल–भारत खुला सीमा संवाद समूहका पदाधिकारी धनेश्वर ठाकुर र पारस ठाकुर, मदरसा अध्यक्ष बच्चा राइन, जामा मस्जिद जनकपुरधामका अध्यक्ष हैदर खान, हाजी हुसेन खान लगायतको उपस्थिति थियो ।

कार्यक्रममा अध्यक्ष डा. राजीव झा र सचिव मनिष श्रीओमले संस्थाले गर्दै आएका सामाजिक कामहरूको जानकारी दिएका थिए। कोषाध्यक्ष रुबि झाका अनुसार, लुगा वितरण कार्यक्रममा लाभान्वित परिवार र बालबालिकाहरूले अत्यन्त खुसी व्यक्त गरेका छन् ।

क्लोथ बैंक नेपाल धनुषाले आगामी दिनमा पनि यस्ता सामाजिक सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु