मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

नयाँ बर्षकाे शुभकामना आदानप्रदान तथा मन्थली नगर सम्पर्क मञ्च द्वारा प्रकाशित भित्ते पात्राे लाेकार्पण ।

मंगलवार २५ चैत्र, २०८१ डि बि श्रेष्ठ , 1399


नयाँ बर्षकाे शुभकामना आदानप्रदान तथा मन्थली नगर सम्पर्क मञ्च द्वारा प्रकाशित भित्ते पात्राे लाेकार्पण ।

चैत २६ काठमाडौं ,नेकपा ( एमाले ) रामेछाप मन्थली नगर - काठमाडौं सम्पर्क मञ्च द्वारा आयाेजीत नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा मन्थली नगर - काठमाडौं सम्पर्क मञ्च द्वारा प्रकाशित नयाँ वर्ष २०८२काे भित्ते पात्राे लाेकार्पाण कार्यक्रम सम्पन्न भएकाे छ ।

नगर सम्पर्क मञ्चको अध्यक्ष अरूण प्रसाद अधिकारीको अध्यक्षता ,बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलकाे प्रमुख आतिथ्यता तथा बागमती प्रदेश कमिटी सदस्य तथा मन्थली नगर प्रमुख लब श्रेष्ठ , बागमती प्रदेश तथा खाँडादेवी गाउँपालिका प्रमुख ज्ञान कुमार श्रेष्ठ , उपत्यका विषेश प्रदेश कमिटी सदस्य प्रकाश श्रेष्ठ , बागमती प्रदेश सम्पर्क  कमिटी अध्यक्ष अशाेक कुमार ठकुरी लगायत सदस्यहरू , रामेछाप जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राकेश श्रेष्ठ लगायत जिल्ला कमिटी सदस्यहरू ,सम्पर्क मञ्चको पूर्व अध्यक्ष तथा सल्लाहकार परिषद सदस्य बद्री भण्डारी , निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार परिषद सदस्य दिवस कुमार कार्की , रामेछाप - काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष प्रमाेद भण्डारी ( रविन्द्र ) लगायत पदाधिकारी तथा सदस्य हरू क्षेत्रीय सम्पर्क मञ्च तथा विभिन्न पालिका सम्पर्क मञ्चकाे अध्यक्ष तथा पदाधिकारीहरूकाे आतिथ्यतामा  कार्यक्रम सम्पन्न भएकाे थियाे ।

  कार्यक्रम प्रमुख अतिथि कैलाश प्रसाद ढुङ्गेल, अतिथिहरू लब श्रेष्ठ , ज्ञानकुमार श्रेष्ठ , प्रकाश श्रेष्ठ , अशाेक कुमार ठकुरी र प्रमाेद भण्डारी ( रविन्द्र) शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ,कार्यक्रमका अध्यक्ष अरूण अधिकारीले प्रमुख अतिथि ,अतिथिहरू  लगायत कार्यक्रममा उपस्थित सम्पूर्ण नेता तथा कार्यकर्ताहरू लाई धन्यवाद व्यक्त गर्दै मन्थली नगर - काठमाडौं सम्पर्क मञ्चले मन्थली नगरकाे सबै वडाका नेकपा ( एमाले) काे शुभचिन्तकहरूकाे घर- घरमा पुर्याउनुने उद्देश्यका साथ भित्ते पात्राे प्रकाशन गरिएकाे समेत जानकारी गराउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु