बिहीबार २५ बैशाख, २०८२
बैशाख २५ काठमाडौं, नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूका लागि नयाँ रूपको प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान गरिएको हो ।

जापान ऊर्जा सुरक्षा संघ जापान र नेपाल इन्जिनियरिङ कलेज बीचको संयुक्त परियोजना अन्तरगत टर्बाइन बुधबार एक कार्यक्रमका विच स्थापना गरिएको छ । उक्त टर्बाइन हावा र सोलार उर्जाबाट चल्नेछ । सानो आकार, कम कम्पन र सहजरुपमै मर्मतसम्भार गर्न सकिने यसको विशेषता हो ।
विन्ड टर्बाइन ब्लेड नायलन फाइबरबाट बनेको छ । टर्बाइनले कम हावाको गतिमा पनि काम गर्ने, उच्च हावा ऊर्जा उपयोग गर्न सकिनेछ । जेनेरेटरले विशेष रोटर डिजाइनको साथ पेटेन्ट गरिएको स्थायी चुम्बक रोटर अल्टरनेटर अपनाउने भएकोले जेनेरेटरको प्रतिरोध टर्कलाई प्रभावकारी रूपमा कम गर्ने बताइएको छ ।

जापान ऊर्जा सुरक्षा संघका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण समेत गरेका छन् । ‘यो प्रोजेक्टले नेकका विद्यार्थीहरूलाई वायुउर्जा सम्बन्धी सोध अनुसन्धान गर्न महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरेका छौं ।’ कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीले बताए ।

बुधबार कलेजमा विद्यार्थीहरू सँगको अन्तरक्रियात्मक प्रस्तुतिकरणमा बोल्दै जापान उर्जा संघका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहराले प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइनले विद्यार्थीहरुको अध्ययन अनुसन्धानलाई थप परिस्कृत र बलियो बनाउने बताए ।
७२ वर्षीय किरिहरा नेकका भिजिटिङ प्रोफेसर समेत हुन् । नेपालले जलविद्युतको विकल्पका रुपमा वैकल्पिक उर्जातर्फ अग्रसर भए दिगो विकासको लक्ष्य समेत हासिल गर्न सहयोग पुग्ने बताए ।
peterk
De synchronisatie van Outlook met mijn telefoon werkt al dagen niet goed. Na wat gepriegel heb ik ontdekt dat de oude IMAP-instellingen het probleem waren. Na al dat gezoek was ik helemaal op en ben ik voor de tv gaan zitten. Voor de afwisseling heb ik even op amonbet review gekeken en een klein gokje gewaagd.