शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

आगामी आर्थिक वर्षको महत्त्वपूर्ण याेजना तथा कार्यक्रमहरू ।

शुक्रबार १६ जेष्ठ, २०८२ Bichar Batika 1687


आगामी आर्थिक वर्षको महत्त्वपूर्ण याेजना तथा कार्यक्रमहरू ।

जेष्ठ १६ काठमाडौं , आगामी  आर्थिक वर्षको बजेटमा परेका केही महत्वपूर्ण योजना तथा कार्यक्रमहरू निम्न बमोजिम रहेकाे छ, प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणकाे रकम बढेको छ ।
* आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत ।
* मूल्यवृद्धि साढे पाँच प्रतिशतको वाञ्छित सीमाभित्र ।
* दुई वर्षभित्र चामलमा आत्मनिर्भर ।
* सरकारी कर्मचारीलाई आगामी साउनदेखि मासिक पाँच हजार महँगी भत्ता ।
* वृद्धभत्ताको उमेर ७० वर्ष ।
* बाली लगाउने समयभन्दा १५ दिन अगावै समर्थन मूल्य तोक्ने व्यवस्था ।
* चार करोड २८ लाख माछाका भुरा उत्पादन र १० लाख फलफूलका बेर्ना वितरण ।
* आगामी आवभित्र पाँच लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र पूर्जा ।
* भूमि बाँझो राख्न नपाइने नीति, कम्तीमा एक सय स्थानीय तहमा भूमि बैंक ।
* सहकारीमा पाँच लाखसम्मको बचतको निक्षेप सुरक्षण ।
* सहकारी ऋण असुली न्यायाधिकरण स्थापना ।
* आगामी आर्थिक वर्षभित्र राज्य सुविधा परिचयपत्र ।
* दलित समुदाय लक्षित ‘भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम’ ।
* विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योगलाई तीन वर्षको भाडा छुट, पुरानोलाई भाडा घटाइयो ।
* काठमाडौँ उपत्यकाभित्रका उद्योगलाई बाहिर सारिने ।
* नेपालमा लगानी गर्ने विदेशी लगानीकर्तालाई भवन वा अपार्टमेन्ट लिजमा लिन पाउने व्यवस्था ।
* आगामी एक वर्षभित्र सात खर्ब बराबरको परियोजना विकास सम्झौता र चार खर्बको आयोजना निर्माण थालनी गरिने छ ।
* नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा शाखा खोल्न अनुमति ।
* निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशत विदेशमा लगानी गर्न पाउने ।
* नेपाली नागरिकले विदेशी कम्पनीको श्वेट शेयर लिन पाउने व्यवस्था ।
* दैलेखको पेट्रोलियम खानीको व्यवसायिक उत्पादन ।
* खानीजन्य वस्तुसँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलन आयोजना ।
* पेट्रोलमा वायोइथानोल मिश्रण नीति ।
* सबै प्रदेशमा उपभोक्ता अदालत विस्तार ।
* होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योग सरह आयकरमा छुट ।
* त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउने ।
* निजगढ विमानस्थल निर्माण अघि बढाइने ।
* सुर्खेतमा प्रादेशिक विमानस्थल निर्माण ।
* अर्घाखाँचीमा पाणिनि ज्ञान उद्यान निर्माण ।
* आगामी मंसिरदेखि ४० माईक्रोनभन्दा पातलो प्लास्टिक प्रयोग बन्द ।
* डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा ।
* नेपालको भू–उपग्रह स्थापनाको आधार तयार पारिने ।
* चलचित्र छायाङ्कनका लागि स्टुडियो निर्माण ।
* रोजगार पोर्टल सञ्चालन ।
* अन द जब’ र ‘एपरेन्टसिप’ कार्यक्रम सञ्चालन ।
* सय विद्यालयमा शैक्षिक नतिजामा आधारित प्रोत्साहन कार्यक्रम ।
* विद्यालय गाभ्ने नीति, शिक्षक दरबन्दी पुनरावलोकन ।
* शिक्षक बैंकको स्थापना ।
* सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन ।
* स्वास्थ्य बिमाको बाँकी रकम एक वर्षभित्र भुक्तानी ।
* सबै प्रदेशमा मुटुरोग र क्यान्सर रोगको उपचार विस्तार ।
* सबै प्रदेशको कम्तीमा एक सरकारी अस्पतालमा विशिष्टिकृत जलन उपचार विभाग ।
* १६ वर्षभन्दा माथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचयपत्र ।
* हरेक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस एकेडेमी सञ्चालन ।
* सार्वजनिक क्षेत्रका कार्यकारी पदमा कम्तीमा ३३ प्रतिशत महिला
* हिंसापीडित महिलाका लागि मधेस, सुदूरपश्चिम र काठमाडौँमा पुनस्थापना केन्द्र ।
* हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस ।
* दुई वर्षभित्र ग्रामीण विद्युतीकरणको सबै काम सक्ने ।
* ग्रीन हाइड्रोजनको सम्भाव्यता अध्ययन ।
* आगामी आ.व.भित्र नागढुङ्गा र सिद्धबाबा सुरूङ्ग निर्माण सम्पन्न  ।
* काठमाडौँ–हेटौँडा रोपवेको विकल्पमा पोडवेको सम्भाव्यता अध्ययन ।
* पूर्व–पश्चिम रेलमार्ग निर्माण विस्तृत सम्भाव्यता अध्ययन ।
* एक वर्षभित्र काठमाडौँ–केरुङ रेलमार्गको डिपिआर ।
* आर्थिक वर्ष २०८२/८३ भित्र ‘नियो बैंक’ स्थापना गरिने ।
* सशस्त्र द्वन्द्वका घटनाहरुको छानबिन, राहत र परिपुरणका लागि रु एक अर्बको कोष स्थापना ।
* करार सेवाका कर्मचारी र अस्थायी तथा राहत शिक्षकलाई योगदानमा  ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु