आईतवार १७ श्रावण, २०८३ (Sunday August 02, 2026)

संगीतकार संघकाे तेराैं वाषिर्क साधारणसभा तथा साताैं अधिवेशन बाट लामाकाे नेतृत्वमा सर्वसहमत कार्यसमिति निर्वाचित ।

सोमबार १९ जेष्ठ, २०८२ Bichar Batika 1388


संगीतकार संघकाे तेराैं वाषिर्क साधारणसभा तथा साताैं अधिवेशन बाट लामाकाे नेतृत्वमा सर्वसहमत कार्यसमिति  निर्वाचित ।

जेष्ठ १९ काठमाडौं , संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति  सर्वसहमत निर्वाचित भएकाे  छ ।
 चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई विदाइ गर्दै संगीतकार लामाको नेतृत्वमा एक जना महिला सदस्य बबिना भट्टराई सहित १२ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत निर्वाचित भएको निर्वाचन समितिका प्रमुख  निर्वाचन अधिकृत  तेज प्रसाद खरालले जानकारी गराउनु भयाे  ।
संगीतकार लामाको अध्यक्षतामा भएको संगीतकार संघ नेपालको वरिष्ठ उपाध्यक्षमा राजेश थापा , प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिव दिपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहेका छ भने  सदस्यहरुमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल रहेकाे  निर्वाचन अधिकृत खनालले जानकारी गराउनु भयाे ।
 संगीतरत्न शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको यस संघमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष भइसकेका छन् ।अध्यक्ष लामाले आफु अध्यक्षमा सर्वसहमतले निर्वाचित भए संगै आफ्‌ना कार्यकालमा सम्पन्न गर्ने निम्न ८ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।
१. संस्थाको मुख्य रुपमा कोष अभिवृद्धि गर्ने, त्यसका लागि देउसी, भैलो कार्यक्रम, वार्षिक क्यालेण्डर प्रकाशन, साधारण सदस्यको संख्या थप्दै लगिने तथा साधारण सदस्यलाई आजीवन सदस्यमा रुपान्तरित गर्न प्रोत्साहित गरिने, कोष अभिवृद्धिको उद्देश्य राखि बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने, प्रायोजन मार्फत कोष निर्माणको कार्यलाई सफल बनाउने आदि ।
२. अक्षय कोष निर्माणको लागि सम्वन्धित दाताहरुको पहिचान गरि वातावरण निर्माण गरिदिने तथा उत्प्रेरित समेत गर्ने ।
३. वर्षमा कम्तिमा एक पटक कार्यक्रम आयोजना गरि अग्रज संगीत श्रष्टाहरुलाई सम्मान तथा अभिनन्दन गरिनेछ ।
४. संगीत कल्याणकारी कोषलाई अझ बढोत्तरी गर्दै संगीतकर्मीहरुको सामाजिक सुरक्षा केन्द्रित कार्यक्रमलाई अघि बढाइनेछ ।
५. संगीत रोयल्टी सम्वन्धि कार्यक्रम आयोजना गरि संगीतकर्मी सबैलाई हुने गरि सुुसुचित गरिनेछ।
६. आर्थिक पारदिर्शतिालाई मूलमन्त्र बनाई आर्थिक कारोवार विनियमावली निर्माण गरि चुस्त दुरुस्त कार्यान्वयन गरिनेछ ।
७. परेको बेला गरिने श्रष्टा सहयोगलाई विभेदरहित हुने गरिकन स्पष्ट नियमावली तयार गरि नियम भित्र बसि सहयोग गरिनेछ ।
८. नेपाली गीत, संगीतको श्रीवृद्धिको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, संघ, संस्था सबै संग सम्भावित सहकार्यको विषय पहिचान गरि समन्वयात्मक कार्यक्रम सम्पन्न गर्ने ।   उनले आफ्‌नो कार्यकालमा सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गर्दै आफ्‌नो कार्यकालमा रहेका पदाधिकारीहरुको सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।संस्थाको १३ सदस्यीय कार्यसमितिमा एक जना सदस्य नवगठित कार्य समितिले चयन गर्ने बरिष्ठ उपाध्यक्ष राजेश थापाले बताए । सर्वसम्मत वाह् जनाको कार्यसमितिमा संगीतकार बबिना भट्टराई एक मात्र महिला सदस्य निर्वाचित भएकी छिन् । संगीतकार भट्टराई विगत १६ वर्ष देखि गायनको साथसाथै संगीतकारको भूमिकामा समेत नेपाली गीत, संगीत, भक्ति संगीतमा सक्रिय रहेकी छिन् । बबिना भट्टराई नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी संगीतकर्मी हुन् । कार्यसमितिमा निर्विरोध निर्वाचित भए संगै आफ्‌नो पदीय जिम्मेवारी र दायित्वलाई गम्भीर भएर पूरा गर्ने उनले बताएकी छिन् ।नवगठित कार्यसमितिलाई जेठ १८ गते एक कार्यक्रम आयोजना गरि पदभार हस्तान्तरण गर्ने निवर्तमान अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु