बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

आफ्नै पार्टीका मुख्य मन्त्रीलाई हटाएर मुख्य मन्त्री बनेका बानियाँले पाए विश्वासको मत ।

बुधबार २८ श्रावण, २०८२ Bichar Batika 1444


आफ्नै पार्टीका मुख्य मन्त्रीलाई हटाएर मुख्य मन्त्री बनेका बानियाँले पाए विश्वासको मत ।

साउन २८ काठमाडौं ,आफ्नै पार्टीका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाएर मुख्मयन्त्री बनेका इन्द्रबहादुर बानियाले  मंगलबार प्रदेश सभा बैठकबाट विश्वासको मत पाएकाे छ । 
११० सदस्यीय बागमती प्रदेश सभामा  विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक पर्नेमा बानियाँकाे पक्षमा ६३ मत र विपक्षमा २२ परेकाे थियाे । बानियाँलाई कांग्रेसका ३७ मध्ये ३६ र एमालेका २७ गरी ६३ सांसदले मत दिएकाे थियाे । कांग्रेस सांसद रामकृष्ण चित्रकार भने विदेश रहेकाेले बैठकमा अनुपस्थित रहेकाे थियाे ।
  बागमती प्रदेश सभाकाे मंगलबारकाे बैठकमा ११० मा  ९२ जना सांसद मात्रै उपस्थित रहेकाे थियाे सात सांसद तटस्थ र १८ सांसद भने अनुपस्थित थिए प्रदेश सभामा दुई सांसद रहेको हाम्रो नेपाली पार्टीका कुनै पनि सांसद उपस्थित भएकाे थिएन।
एमालेसँगको सहमतिअनुसार करिब आठ महिनाका लागि मुख्यमन्त्री बनेका बानियाँले प्राप्त समयमा अधिकतम जनताको पक्षमा काम गर्ने बताएका छन् ,विश्वासको मत पाएपछि पत्रकारसँग कुरा गर्दै बानियाले आफूमाथि गरेको विश्वासलाई डगमगाउन नदिने सबैलाई समेटेर लैजाने बताउनु भयाे ।
  आफूसँग भएको सहमति पालना नभए सामूहिक राजीनामा दिनेसम्म चेतावनी दिएको निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनमा मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिएको छ । 
कांग्रेस संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले विश्वासको मत लिने काम सकिएकाले अब एक–दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने बताए । मन्त्रिपरिषद् विस्तारको विषयमा पार्टीभित्र कुनै समस्या नरहेको दावी गर्दै लामिछानेले  सहमतिमै मन्त्री परिषद विस्तार गरिने बताउनु भयाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु