सोमबार ५ आश्विन, २०८३ (Monday September 21, 2026)

आज देशभर जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै

बिहीबार १४ भाद्र, २०८० विचारवाटिका 2560


आज देशभर जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै

भदौ १४ काठमाडौं, हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर रक्षाबन्धन (डोरो)बाँधेर र जनै फेरेर मनाइँदै छ ।

 बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तथा पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँधने चलन रहेको छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए । त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित रहेको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु