बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

सांसद एकनाथ ढकालद्वारा प्रजातान्त्रिक गणतन्त्र इस्ट टिमोरका प्रधानमन्त्री क्षानना गुस्माओ संग शिष्टाचार भेटघाट ।

सोमबार २४ मंसिर, २०८१ Bichar Batika 1582


सांसद एकनाथ ढकालद्वारा प्रजातान्त्रिक गणतन्त्र इस्ट टिमोरका प्रधानमन्त्री क्षानना गुस्माओ संग शिष्टाचार भेटघाट ।

मंसिर २४ काठमाडौं ,  प्रतिनिधि सभाका सदस्य एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र प्रजातान्त्रिक गणतन्त्र इस्ट टिमोरका प्रधानमन्त्री क्षानना गुस्माओसंग शिष्टाचार भेटघाट गरेका छन् ।

 इस्ट टिमोरको प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय हित र मित्रता अभिबृद्धि गर्ने बारे छलफल भएको ढकालको सचिबालयले जनाएको छ । सांसद ढकालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फवाट प्रधानमन्त्री गुस्माओलाई शुभकामना दिदै उपयुक्त समयमा नेपालको मैत्रीपूर्ण भ्रमणको लागि समेत आग्रह गर्नु भयो भने प्रधानमन्त्री गुस्माओले नेपालसंगको मैत्रीपुर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने बताउनु भयो । भेटमा आपसी सम्बन्ध तथा क्षेत्रीय स्तरमा शान्ति र सहकार्यको विस्तार गर्ने बिषयमा पनि छलफल भयो।प्रधानमन्त्री गुस्माओले सांसद ढकाललाई बिशेष अभिनन्दन समेत गरेका थिए।

 सांसद ढकालले इस्ट टिमोरका पूर्व प्रधानमन्त्री मारी अल्कातिरी, निर्बाचन आयोगका अध्यक्ष डा होसे ए दा कोस्टा बेलो पेरेइरा तथा इस्ट टिमोरका कार्डिनल विर्गीलियो डो कार्मो दा सिलवा लगाएत विशिष्ट व्यक्तित्वहरु संग पनि शिष्टाचार भेट गर्नु भयो। पूर्व मन्त्रि समेत रहेका ढकाल इस्ट टिमोरको ३ दिने मैत्रीपुर्ण भ्रमणमा छन् । ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन् । नेपाल र इस्ट टिमोर बीच सन् २०२२ मा कुटनैतिक सम्बन्ध स्थापना भएको थियाे ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु