बुधबार ४ भाद्र, २०८२
भदौ ४ काठमाडौं , खानेपानीमन्त्री प्रदीप यादव र सचिव इ. प्रमिलादेबी शाक्य(बज्राचार्य)बीच आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान भएकाे छ ।
मन्त्रालयको सभाहलमा मन्त्री यादवसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव इ.बज्राचार्यले कार्यसम्पादन सम्झौता आदानप्रदान गर्नु भएको हो सोही क्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन र मन्त्रालय सग भएकाे सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन समेत दिनु भएको छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रम, बजेट वक्तव्यमा उल्लेख गरिएका खानेपानी मन्त्रालय अन्तर्गतका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तरअनुसार कार्यान्वयन गर्ने सम्झौताको मुल उदेश्य रहेको मन्त्री यादवले बताउनुभयो ।

तिनै तहका सरकारहरूको क्षमता अभिवृद्धि गर्दै, शहरी तथा ग्रामीण क्षेत्रमा सुरक्षित खानेपानी तथा सरसफाइ सेवा विस्तार गर्न, फोहोर पानीको सङ्कलन, प्रशोधन तथा व्यवस्थापनमा विशेष ध्यान दिइनेछ । हाम्रो लक्ष्य विसं २१०० सम्म सबै नेपालीलाई सुरक्षित पानी र सरसफाइ सेवा उपलब्ध गराउने सरकारको उदेश्य रहेकाे मन्त्री यादवले जानकारी गराउनु भयाे ।
मन्त्री यादवले अघिल्लो आर्थिक वर्षमा भएका कमजोरी नदोहोर्याउन सचेत गराउनु हुँदै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभाकावारी बनाउने गरी लाग्न सचिव, सहसचिवसहित सबै विभागीय प्रमुखहरुलाई निर्देशन दिनु भयाे ।
सचिव इ. बज्रचार्यले चालू आर्थिक वर्षमा कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री यादवले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।