शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

बागमती प्रदेश सम्पर्क कमिटी द्वारा आयाेजीत वक्तृत्वकला प्रतियोगितामा रामेछाप - काठमाडौं सम्पर्क मञ्च तृतीय हुन सफल ।

आईतवार १५ भाद्र, २०८२ डि बि श्रेष्ठ 1640


बागमती प्रदेश सम्पर्क कमिटी द्वारा आयाेजीत वक्तृत्वकला प्रतियोगितामा रामेछाप - काठमाडौं सम्पर्क मञ्च तृतीय हुन सफल ।

 भदौ १५ काठमाडौं , नेकपा ( एमाले ) बागमती प्रदेश सम्पर्क कमिटी द्वारा आयाेजीत समृद्ध बागमतीकाे लागि युवा सहभागीता बिषयक वक्तृत्वकला प्रतियोगितामा रामेछाप - काठमाडौं सम्पर्क मञ्चको तर्फबाट प्रतिनिधित्व गर्दै जेनिशा बस्नेत तृतीय हुन सफल भएकाे छ ।

बागमती प्रदेश सम्पर्क कमिटीको अध्यक्ष  अशाेक कुमार ठकुरीको अध्यक्षता तथा नेपाल सरकारको सञ्चार तथा सुचना प्रविधि मन्त्री / सरकारको प्रवक्ता पृथ्वीसुब्बा गुरूङकाे प्रमुख आतिथ्यतामा भदौ १४ गते  शनिवार  राेयल एयरपोर्ट हाेटल सिनामंगलमा आयाेजना गरिएकाे वक्तृत्वकला प्रतियोगितामा रामेछाप - काठमाडौं सम्पर्क मञ्च सगै चितवन - काठमाडौं सम्पर्क मञ्च बाट सपना सापकोटाले प्रथम , दाेलखा - काठमाडौं सम्पर्क मञ्च बाट शिवराज आचार्यले द्वितीय र सिन्धुली - काठमाडौं सम्पर्क मञ्च बाट मिना श्री पहाडीले सान्त्वना पुरस्कार जित्न सफल भएकाे थियाे ।

बागमती प्रदेश सम्पर्क कमिटी मातहतका १० जिल्ला सम्पर्क मञ्च मध्य  नुवाकोट - काठमाडौं सम्पर्क मञ्चका प्रतिस्पर्धी अनुपस्थित भएकोले नाै जिल्ला सम्पर्क मञ्चको वक्तृत्वकला प्रतियोगितामा प्रतिस्पर्धा भएकाे थियाे , ।

        तस्वीर :- खिल बहादुर श्रेष्ठ ,




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु