सोमबार २८ पुष, २०८२
पुस २८ काठमाडौं , नेकपा (एमाले) का सचिव महेश बस्नेतले बागमती प्रदेश स्तरीय संयुक्त कार्यकर्ता भेलालाई सम्बाेधन गर्नु हुँदै अबकाे निर्वाचन भनेकाे सिंहदरबार जलाउने र सिंहदरबार बनाउने बिचकाे प्रतिस्पर्धा हुने बताउनु भयाे ।

बागमती प्रदेश कमिटीको अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलकाे अध्यक्षता तथा पार्टीको महासचिव शंकर पाेखरेलकाे प्रमुख आतिथ्यतनमा आयाेजना गरिएकाे प्रदेश स्तरीय कार्यकर्ता भेलाकाे बिशेष अथितिमा उपस्थित हुनुभएको सचिव बस्नेतले बागमती प्रदेशमा गत निर्वाचनमा जनमत केही कम्जाेर देखिए पनि अब आउने निर्वाचनमा भुगाेल कमिटी र सम्पर्क मञ्च एक साथ मिलेर जादा निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउन सकिने निष्कर्षकाे साथ बागमती प्रदेश अन्तर्गतको भुगाेल कमिटी र सम्पर्क मञ्च बिच संयुक्त कार्यक्रमकाे थालनी गरेकाे जानकारी गराउनु भयाे ।
सचिव बस्नेतले पार्टी भित्र अन्तरविरोध हुन्छ ,तेस्ता अन्तरविरोधलाई सम्बन्धित कमिटीमै छलफल गर्नु पर्छ , अन्तरविरोधकाे नाममा नेतृत्वलाई अन्य शक्तिहरूले घेराबन्दीमा पारिरहेको बेला नेतृत्वको आलोचना हाेईन सम्रक्षण गर्नु पर्ने बताउनु हुँदै बागमतीकाे इन्चार्ज भएकाेले बागमतीकाे दशै जिल्लामा पार्टी भित्र आन्तरिक समस्या परे तेसकाे समाधान गर्न जुनसुकै बेला जाहाँ पनि आफू जान तयार रहेकाे समेछ बताउनु भयाे ।


सचिव बस्नेतले यदि कसैले नेकपा एमाले निर्वाचनमा सहभागी नभैदे हुन्थ्यो भन्ने दिवा सपना देखेका छ भने त्याे कहिलेई पूरा हुन नसक्ने बताउनु हुदै नेकपा एमाले निर्वाचन फागुन २१ मा हाेस वा अन्ने मितिमा हाेस निर्वाचनमा हाेमीसकेकाे र बागमती प्रदेशले माघ चार गते भृकुटीमण्डपमा आयाेजना गर्न गहिरहेकाे कार्यक्रमले पनि यसकाे पुष्टि गर्ने बताउनु भयाे ।