मंगलवार ८ बैशाख, २०८३ (Tuesday April 21, 2026)

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा हिपातसहित हिउँदे वर्षा ।

शनिबार १० माघ, २०८२ Bichar Batika 1261


सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा  हिपातसहित हिउँदे वर्षा ।

माघ १० बैतडी , सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिजाे बेलुका देखि  हिमपातसहित वर्षा भएकाे  जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको छ ।
दार्चुलाको व्यास ,अपिहिमाल क्षेत्रमा ,डडेल्धुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको र वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबाली लगायतका हिउँदे बालीहरू  सुक्दै गएका थिए ,यो वर्ष पहिलोपटक हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भयाे भन्दै खुसी भएका छन् भने हिमपातका कारण अत्यधिक चिसो बढेकोलेले चिसाे बाट बच्न स्वास्थ्यकर्मीहरूले आग्रह गरेकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु