शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

आज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै 

शुक्रबार ३० माघ, २०७७ विचारवाटिका 1222


आज तामाङ समुदायले सोनाम ल्होसार मनाउँदै 

 

माघ ३०, काठमाडौं । नयाँ वर्षको रुपमा मनाउने सोनाम अर्थात ग्याल्बो ल्होसार पर्व आज तामाङ समुदायले मनाउँदै छन् । यो पर्व हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाउने गरिन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।

अनुसन्धाताका अनुसार ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको छ ।

सोनाम ल्होसारको अवसरमा अघिल्लो वर्ष बिदा कटौती गरेको सरकारले योपालि भने देशैभर बिदा दिएको छ । साथै विभिन्न प्रदेश र स्थानीय तहले भने ३ दिनसम्म सार्वजनिक बिदा दिएका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु