बुधबार १४ आश्विन, २०७७ (Wednesday September 30, 2020)

सरकारी अस्पतालले उपचार नगर्दा गर्भवतीको ज्यान गयो

शुक्रबार २६ भाद्र, २०७७ विचारबाटिका 1632

भदौ २६, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको बेला अस्पतालमा अन्य विरामीहरुको समेत उपचार नपाएरै ज्यान जाने गरेको छ । यस्तै घटना विराटनगरमा भएको छ । 

प्रसूति व्यथाले च्यापेकी विराटनगर महानगरपालिका–६ की ३० वर्षीया विमला ऋषिदेवलाई सुत्केरी व्याथा लागेको र उनलाई उनका आफन्तले विराटनगरमै रहेको कोशी अस्पताल ल्याइएको भएपनि अस्पतालले भर्ना लिन नमान्दा उनको ज्यान गएको हो । चर्को प्रसव पीडामा रहेकी उनलाई अस्पतालले भर्ना गर्न । रातको समय भएको र निजी अस्पतालमा उनलाई लैजान सक्ने परिवारको आर्थिक अवस्था नरहेको कारण उनले अकालमै ज्यान गुमाउनु परेको हो । 

अहिले कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण देशभरका सरकारी तथा निजी अस्पतालले अन्य विभिन्न किसिमका विरामीको पनि सहज रुपमा उपचार गर्न नमान्दा उपचार सम्भव भएका धेरैजनाले उपचारको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु