बिहीबार ६ कार्तिक, २०७७ (Thursday October 22, 2020)

विद्युतीय माध्यमबाट राजश्व तिर्दा शुल्क नलिन आग्रह 

आईतवार २५ आश्विन, २०७७ विचारबाटिका 1251

 

असोज २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई सरकारी राजश्व वालेटबाट राजश्व तिर्दा कुनै पनि अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो । 

आगामी पुस मसान्तसम्म सरकारी राजश्व तिर्दा थप शुल्क नलाग्ने गरी निर्देशन दिइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले बताए । उनले बताए कोरोना महामारीका बेला भएकाले सरकारी राजश्व तिर्न सहज बनाउनका लागि शुल्क नलाग्ने निर्देशन दिइएको छ । 

कारोबार हेरेर भुक्तानी सेवा प्रदायकले ५ रुपैयाँदेखि ३० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । तर कोरोना महामारीको अवस्था रहेको भन्दै पुस मसान्तसम्म निःशुल्क गर्न राष्ट्र बैंकले भनेको हो ।

तर पुस पछि भने तोकिएको शुल्क लिन सेवा प्रदायकहरुले पाउनेछन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु